१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

गौतमबुद्ध र पोखरा विमानस्थलः लेखा समितिको बैठकमा सांसदले खोजे उपसमितिको प्रतिवेदन

गौतमबुद्ध र पोखरा विमानस्थलः लेखा समितिको बैठकमा सांसदले खोजे उपसमितिको प्रतिवेदन
अ अ+ अ-

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरुले चर्को आलोचना गर्नुभएको छ ।

समितिको शुक्रवारको बैठकमा बोल्ने सांसद्हरुले लेखा समितिले भैरहवा, पोखरा एयरपोर्टका विषयमा अध्ययन गर्न गठित उपसमितिले अझै प्रतिवेदन समिति समक्ष नबुझाएको भन्दै सांसद्हरुले आक्रोस पोख्नुभएको हो । बैठकमा नेकपा (एकीकृत समाजवादी) सांसद प्रेमबहादुर आलेले फेरि उपसमितिहरु बनाउने कुरा आएको भन्दै भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्न खोजिएको त होइन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘उपसमितिहरु बनाएर भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्ने त होइन भन्ने मलाई शंका उत्पन्न भएको छ । स्वार्थबाझिने गरी कुनै सदस्यलाई उपसमितिको संयोजक बनाइएपछि के रिजल्ट आउछ?उपसमितिका रिपोर्टहरु कुन समयभित्र आइसक्ने भन्नेमा एउटा सीमा तोक्नुपर्छ । विगतमा ट्रक लाइन डेडकेटर लाइनको वक्यौता उठाउने भनेर लेखा समितिबाट एकाध बाहेक सर्बसम्मत रुपमा निर्णयमा पुग्दा समेत सभापतिले बैठक स्थगन गर्नुभयो ।’

जबसम्म भैरहवा, पोखरा विमास्थल र ट्रक र डेडिकेटर लाइन नटुंगिने हो आफू कुनैपनि समितिमा नबस्ने समेत बताउनु भयो ।

नेकपा एमाले सांसद गोकुल बास्कोटाले पोखरा र भैरहवाका सन्दर्भमा उपसमिति बनेको बताउँदै त्यसको प्रतिवेदन तयार भइसकेको बताउनु भयो । उजुरी नपरी भैरहवा पोखराका बारेमा छनविन गरेर उपसमिति काम गरेको बताउँदै उहाँले फेरि उजुरीका भरमा छानविन गर्न आफू तयार नहुने बताउनु भयो । आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेको बताउनु भयो । त्यस्ता उजुरीमा समितिमा छलफल चलाइन नहुने बताउनु भयो । उहाँले भन्नुभयो– ‘आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेका छन् । त्यस्तामा छलफल चलाइँदा परिणाम निस्कँदैन । बेकारको गिजल्ने कुरामा म सहमत हुँदैन ।’

समिति सभापति ऋषीकेश पोखरेलले जतिपनि उपसमितिहरु बनाएर समितिमा छलफल भएका छन ती उजुरीहरुकै आधारमा भएको बताउनु भयो । भैरहवा पोखरा एयरर्पोटको उपसमितिका प्रतिवेदन नआएकोबारे सांसद्हरुले उठाएको प्रश्नमा पोखरेलले प्रतिवेदन नल्याउँदै आनावश्यक टिकाटिप्पणी गर्न राम्रो नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘हामीसँग आएका जतिपनि उजुरीहरु छन्, जतिपनि उपसमिति बनाएर छलफल गरेका छौं । त्यो उजुरीकै आधारमा भएको हो । उजुरीकै आधारमा उपसमितिले काम गरिरहेको छ । कतिपय उपसमितिहरु बनेर काम पनि सकिसकेका छन्, प्रतिवेदन नल्याउँदै आनावश्यक टिकाटिप्पणी गर्न राम्रो हुँदैन ।’

गत जेठमा लेखा समितिले गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलका बारेमा उपसमिति बनाएर अध्ययन गराएको थियो । उपसमितिले प्रतिवेदन तयार गरेको बताउँदै आएपनि अहिलेसम्म समितिलाई बुझाएको छैन । जसकारण सांसदहरुले प्रश्न उठाउँदै आएका छन् ।

समितिमा बोल्ने अन्य संसद्हरुले समितिमा आउने उजुरीहरुलाई छिटो टुंग्याउन प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले संसदीय समितिमा परेका उजुरीहरुमाथि प्रभावकारी रुपमा छलफल गरेर निचोडमा पु¥याउन नसकेको भन्दै सभापतिको आलोचना समेत गर्नुभयो ।

ठूलो संख्या उजुरीहरु आएको र त्यसबारे निष्कर्शमा पुग्नेगरी समिति सभापति ऋषिकेश पोखरेलले छलफल नचलाएको भन्दै आलोचना गरे । नेपाली काँग्रेस सांसद राजेन्द्रकुमार केसीले उजुरीहरुलाई कलस्टर बनाएर समितिमा छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘जसरी हामीले बेरुजुका लागि छलफल गर्न कलस्टर बनायौं, अरु उजुरीहरुको पनि त्यस्तै कलस्टर बनाएर छलफल गर्नुप¥यो । कलस्टरलाई कार्यदेश बनाएर उजुरीकर्ता र आरोपितलाई बोलाएर छलफल चलाउनुप¥यो । उपसमितिहरुले गरेको छलफलका आधारमा समितिमा उजुरीहरुमाथि छलफल अघिबढाउनुपर्यो ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मन्त्रालयगत, निकायगत उजुरीहरु छुट्टाएर उपसमिति बनाई छलफल चलाउन ढिला गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो– ‘कुन मन्त्रालय अन्तर्गत, कुन क्षेत्रसंवद्ध कति उजुरी छ त्यसको निक्यौल गरेर उपसमिति बनाएर छलफल गर्दा ठिक हुन्छ । ’

राष्ट्रिय स्वतन्त्र पाटी सांसद् हरि ढकालले उपसमितिले कामै गर्न नसकेको बताउनु भयो । ढकालले निर्णय भइसकेका विषयहरु समेत कार्यान्वयनमा जान नसकेको बताउनु भयो । सिमेन्टको भाउ अप्रकृतिक रुपमा बढेको भन्दै समितिबाट निर्देशन भएको र महिनौंसम्म पनि उद्योग मन्त्रालयले कुनै ठोस निर्णय नगरेको बताउनु भयो । उहाँले यसले समितिको निर्णयमाथि नै प्रश्न उठेको बताउनु भयो । यसले निर्देशनमाथि निर्देशन दिने काम मात्रै हुने हो की भन्ने चिन्ता उब्जाएको बताउनु भयो ।

उहाँले भन्नुभयो–‘बेरुजु फछ्यौट उपसमितिले काम गर्न सकेको छैन । समय दिन नसक्ने माननियहरु बस्नु भएन । ४÷५ ओटा भन्दा बढि बैठक नै बस्न सकेन । यसमा विशेष ख्याल गरौं ।’

नेकपा एमाले सांसद योगेश भट्टराईले उजुरीहरु धेरै परेको र निरन्तर बैठक बस्दा पनि टुंगिन गाह्रो रहेको बताउनु भयो । उहाँले भन्नुभयो–‘हरेक उजुरी एकदिनमा टुंगिनेवाला छैनन् । प्रमाणसहित विभिन्न रिपोर्टहरु चाहियो, कतिपय सिरियस इस्यूहरु पनि छन,् विशेष महत्व दिएर छलफल गरिनुप¥यो । समितिमा आइसकेपछि गम्भिरताका साथ हेरिनुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उजुरी उपर समूह बनाएर अध्ययन गरी परिणाम आउनेगरी काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समितिले निर्देशन दिएपछि त्यसको पालना कति हुन्छ भन्नेबारे ख्याल गरिनुपर्ने बताउनु भयो । उहाँले सिमेन्ट, छड रडको बारेमा अहिले समितिमा छलफल चलाइनुपर्ने बताउनु भयो

उहाँले भन्नुभयो–‘समुह बनाउने, परिणाम आउने गरी काम गर्ने र फलोअप गर्न जरुरी छ । उहाँले भन्नुभयो–समय सान्दर्भिकताका आधारमा समितिमा छलफल चल्नुपर्छ, अहिले सिमेन्ट, छड रडको चर्चा छ । एक वर्षपछि अध्ययन गरेर छलफल चलाएर सान्दर्भिक मरिसकेको हुन्छ ।’

उहाँले उजुरी हेर्न नमिल्ने भए कारण खुलाएर उजुरीकर्तालाई भनिदिनुपर्ने बताउनु भयो ।