१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग

आयात प्रतिस्थापन गर्दै मुलुकको अर्थतन्त्रको सबलिकरणको दिशामा सरकार क्रियाशील छः मन्त्री भण्डारी

आयात प्रतिस्थापन गर्दै मुलुकको अर्थतन्त्रको सबलिकरणको दिशामा सरकार क्रियाशील छः मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलिकरणको दिशामा क्रियाशील रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ काम गरिरहेको बताउनुभएको हो ।

उहाँले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिव एक दर्जन बढी ऐनहरु संशोधन गरिएको उल्लेख गर्नुभयो । उद्योग प्रतिष्ठानहरुको सञ्चालनमा थप सहजता ल्याई वस्तु तथा सेवाको उत्पादन बढाउने र उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने उद्देश्यले ऐनहरु संशोधन गरिएको मन्त्री भण्डारीको भनाइ छ । उहाँले राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत भई स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ कार्य गर्नको लागि खासगरि आर्थिक क्षेत्रमा रहेको शितिलता उत्पादन उत्पादकत्व वृद्धि गरि स्वदेशी वस्तुको उत्पादन स्वदेशी वस्तुको उत्पादन बढाउने, उद्योगहरुको संरक्षण गर्ने, आयात प्रतिस्थापन गर्ने तथा निर्यात प्रवद्र्धन गर्दै नेपालको अर्थतन्त्रको सबलिकरण गर्ने दिशामा क्रियाशील रहेको छ । सरकारले देशमा औद्योगित तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिब एक दर्जन बढी ऐनहरु संशोधन गरिसकेको छ । जसमा औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी हस्तान्तरण ऐन,२०७५, कम्पनी ऐन लगायत रहेका छन् । यी ऐन संशोधनको मूख्य उद्देश्य उद्योग प्रतिष्ठानहरुको सञ्चालनमा थप सहजता ल्याइ वस्तु तथा सेवाको उत्पादन बढाउने आन्तरिक रोजगारी सिर्जना हुने, उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने लगायतका विषयका रुपमा यो विषयहरु आएको छ । यो संशोधनबाट नविनतम सोच र नवप्रवद्र्धनलाई प्रवद्र्धन गर्ने स्टार्टअप उद्यम स्थापना तथा सञ्चालनसम्बन्धी कानूनको व्यवस्था गरिएको छ । राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत गरि स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको छ ।’

स्थानीय बजारको सुनिश्चितता तथा आन्तरिम रोजगारीको प्रवद्र्धन गर्न सरकार कटिवद्ध भएर लागिरहेको मन्त्री भण्डारीको जिकिर छ ।