२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयात प्रतिस्थापन गर्दै मुलुकको अर्थतन्त्रको सबलिकरणको दिशामा सरकार क्रियाशील छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलिकरणको दिशामा क्रियाशील रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ काम गरिरहेको बताउनुभएको हो ।

उहाँले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिव एक दर्जन बढी ऐनहरु संशोधन गरिएको उल्लेख गर्नुभयो । उद्योग प्रतिष्ठानहरुको सञ्चालनमा थप सहजता ल्याई वस्तु तथा सेवाको उत्पादन बढाउने र उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने उद्देश्यले ऐनहरु संशोधन गरिएको मन्त्री भण्डारीको भनाइ छ । उहाँले राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत भई स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ कार्य गर्नको लागि खासगरि आर्थिक क्षेत्रमा रहेको शितिलता उत्पादन उत्पादकत्व वृद्धि गरि स्वदेशी वस्तुको उत्पादन स्वदेशी वस्तुको उत्पादन बढाउने, उद्योगहरुको संरक्षण गर्ने, आयात प्रतिस्थापन गर्ने तथा निर्यात प्रवद्र्धन गर्दै नेपालको अर्थतन्त्रको सबलिकरण गर्ने दिशामा क्रियाशील रहेको छ । सरकारले देशमा औद्योगित तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिब एक दर्जन बढी ऐनहरु संशोधन गरिसकेको छ । जसमा औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी हस्तान्तरण ऐन,२०७५, कम्पनी ऐन लगायत रहेका छन् । यी ऐन संशोधनको मूख्य उद्देश्य उद्योग प्रतिष्ठानहरुको सञ्चालनमा थप सहजता ल्याइ वस्तु तथा सेवाको उत्पादन बढाउने आन्तरिक रोजगारी सिर्जना हुने, उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने लगायतका विषयका रुपमा यो विषयहरु आएको छ । यो संशोधनबाट नविनतम सोच र नवप्रवद्र्धनलाई प्रवद्र्धन गर्ने स्टार्टअप उद्यम स्थापना तथा सञ्चालनसम्बन्धी कानूनको व्यवस्था गरिएको छ । राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत गरि स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको छ ।’

स्थानीय बजारको सुनिश्चितता तथा आन्तरिम रोजगारीको प्रवद्र्धन गर्न सरकार कटिवद्ध भएर लागिरहेको मन्त्री भण्डारीको जिकिर छ ।