२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता



अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता भएको छ ।

शुक्रवार काठमाडौंमा भएको सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघ (फक्यान) को तर्फबाट अध्यक्ष रवि सिंहले हस्ताक्षर गर्नुभयो भने चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका)को तर्फबाट फाङ किउचेनले हस्ताक्षर गर्नुभयो ।

चीन–नेपालबीच सहकार्यको माध्यमबाट नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले दुईदेशबीच एमओयु भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताउनु भयो । उहाँले भन्नुभयो– ‘दुई देशबीच सहकार्य गर्ने, नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानीलाई आकर्षण गर्ने र नेपाली युवाहरुलाई निर्माणजन्य काममा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनका लागि हाम्रो क्षमता अभिवृद्धि गर्न चिनियाँ निर्माण कम्पनीसँग सहकार्य गरिनेछ ।’

चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका)को तर्फबाट फाङ किउचेनले एमओयूले दुई देशबीच सहकार्य स्थापना गर्नबाटो खुलेको बताउनु भयो । उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधार क्षेत्र र सीपयुक्त जनशक्ति सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छौँ । हामीले सहकार्य स्थापना गर्न सफल भएका छौँ ।’

सम्झौताले दुवै देशका व्यवसायिक संस्थाहरूलाई नजिकबाट मिलेर काम गर्ने अवसर दिने उहाँको भनाई छ ।




भर्खरै