२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभएपनि राम्रोतर्फ उन्मुख भइरहेको बताउनु भयो । उहाँले सरकारले व्यवसायसम्बन्धी नीतिहरु पनि सोहीअनुसार अघि बढाइरहेको बताउनु भयो । राष्ट्रिय उत्पादनमा जोड दिँदै देशका लागि आवश्यक उपभोग्य वस्तुहरु आफैँ तयार गर्नसके र आत्मनिर्भर बन्नसके देशलाई अगाडि लैजान सकिने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उद्यम, व्यवसाय, उद्योगको व्यवसायको स्थिति धेरै राम्रो छैन । तर राम्रोतर्फ उन्मुख भएको छ । हामीले हाम्रा नीतिहरु पनि तदनुसारकै राम्रा नीतिहरु लिएर अघि बढेका छौँ । राष्ट्रिय उत्पादनमा जोड, हाम्रा आवश्यकताहरु, उपभोग्य वस्तुहरु हामी आफैँ तयार गर्नसकौँ भन्ने जोड, आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड, हाम्रो निर्याततर्फ उद्योगहरु स्थापना गरौँ, निर्यातलाई बढावा दिऔँ, त्यसमा जोड, आयात प्रतिष्थापन गरौँ । हामीले धागो, कपडा, जुत्ता, मोजा उत्पादनमा जोड दिनुपर्नेछ । पर्याप्त स्तरीय सावन उत्पादन गर्नुपर्नेछ, दन्त मञ्जन उत्पादन गर्नुपर्नेछ । बिहान उठ्नेबित्तिकै आफ्नै देशमा बनेको ब्रस, मञ्जनले मुख सफा गर्न पाउँदा कति खुशी हुन्थ्यो, त्यो पनि हाम्रो स्थिति छैन ।’

प्रधानमन्त्री ओलीले नेपालीले आफ्ना उत्पादनहरु प्रयोग गर्ने बानी बसाउनुपर्ने बताउनु भयो ।