८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग

‘डिजिटल मिडिया अलायन्स’ गठन

‘डिजिटल मिडिया अलायन्स’ गठन
अ+ अ-

काठमाडौँ। डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिकरूपमा डिम्यानम घोषणा गरिएको हो ।

केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो । अलायन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सूचना तथा समाचार प्रकाशनलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार अलायन्समा हाल डिजिटल सञ्चार माध्यममा सक्रिय मिडिया जोडिएका छन् । अन्य सञ्चारमाध्यमलाई अलाएन्समा जोड्दै लगिने छ ।

अलायन्सले डिजिटल मिडियाको हक हित र निष्पक्षताका लागि वकालत गर्ने अलायन्सका महासचिव युवराज कँडेलले बताउनुभयो । अलायन्सले डिजिटल मिडियामा आबद्ध पत्रकारको क्षमता अभिवृद्धि र गुणस्तर वृद्धिका साथै डिजिटल मिडियाको संरक्षण तथा सम्वद्र्धनमा भूमिका खेल्ने उहाँले बताउनुभयो ।

संस्थाको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहनुभएको छ भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीका मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल, महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट र कोषाध्यक्षमा लालीगुँरासका कमल चौलागाईं हुनुहुन्छ । सदस्यमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाट नेपालका नरेन्द्र महरा र सल्लाहकारमा सिटिजन एचडीका विजन दुवाडी हुनुहुन्छ । रासस