८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग

प्रधानमन्त्री ओलीद्वारा सभाहल उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा सभाहल उद्घाटन
अ+ अ-

सुदूरपश्चिम। प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढी उपमहानगरपालिका–८ मा नवनिर्मित धनगढी सभाहलको आज उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले सभाहल निर्माण विकासको प्रमाण भएको भन्दै सभाहललाई आम जनताको चिन्तन, मनन गर्ने थलो बनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रूपमा सञ्चालन गर्नेगरी काम भइरहेको बताउनुभयो ।

प्रदेश राजधानीका सन्दर्भमा उहाँले संविधानसम्मत ढङ्गले प्रदेशसभाले गर्ने काममा सङ्घीय सरकारले सघाउने बताउनुभयो । प्रदेश राजधानी निर्माण गरिने स्थल कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा हालसम्म निर्माणका कुनै पनि काम अघि बढ्न सकेको छैन ।

कार्यक्रममा मन्त्रालयका उपसचिव मदनकाजी महर्जनले सभाहल निर्माणको प्रतिवेदन पेस गर्नुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सभाहलको अभाव खड्किएको अवस्थामा नयाँ सभाहल निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीले आजै सभाहल धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुभयो । सहरी विकास मन्त्रालयको रु ३२ करोड बढीको लागतमा निर्माण गरिएको सभाहल सात सय ५३ जना अटाउने क्षमताको छ । रासस