२५ मंसिर २०८२, बिहीबार
,
Latest
एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं: मन्त्री कुलमान घिसिङ स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई ओलीको कटाक्ष ‘देश के भएको छ र बचाउनलाई’?



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकले गरिरहेको अराजक गतिविधिले देश अप्ठ्यारोमा परेको बताएका छन्।

संविधान निर्माणका बेला त्यस्ता खेलहरू भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि त्यस्तै खेल हुन थालेको बताएका हुन्। ‘संविधान निर्माणबा बेला पनि अस्थिरता र फाटो ल्याउने खेलहरू भएका थिए, त्यसलाई हामीले पराजित गरेका थियौं,’ सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘फेरि त्यस्ता खेलहरू हुन थालेका छन्, ती कुरालाई सम्बोधन गर्नै पर्नेछ।’

उनले भने, ‘उहाँ संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु, देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ र बचाउनुहुन्छ ?’