• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

नेप्सेमा उच्च अङ्कको वृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । सो उपसमूह ३.४१ अङ्कले ओरालो लाग्दा बैंकिङ ९.८७, व्यापार ८३.४५, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत् १५८.४७, वित्त ९२.५९, निर्जीवन बीमा २८८.५६, उत्पादन १२७.३३, लघुवित्त १७४.३४, जीवन बीमा ३४९.६१, सामूहिक लगानी कोष ०.१५ र लगानी ३.०५ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड ३१ लाख ४३ हजार २४५ बराबरको कारोबार भयो । यस्तै अपिपावर कम्पनी रु २३ करोड २३ लाख ३० हजार ९७०, नेपाल पूर्वाधार बैंक रु २२ करोड २९ लाख ११ हजार ७१७, एचआइडिसीएल रु २१ करोड ९४ लाख ६४ हजार ६६८ र हिमालयन डिस्टिलरी रु १४ करोड ४९ लाख ९२ हजार ३३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मध्य भोटेकोसी जलविद्युत् कम्पनी ९.९८, माउण्टेन हाइड्रो ९.४४, कर्णाली डेभलपमेन्ट बैंक ९.३५, शिवश्री हाइड्रोपावर ९.०१ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए ।  त्यस्तै नबिल डिवेञ्चर २.०३, एनआइसी एशिया सेलेक्ट फण्ड १.४१, नारायणी डेभलपमेन्ट बैंक १.१९, राष्ट्रिय बीमा कम्पनी एक तथा  स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ०.९९ प्रतिशतले गुमाए ।