२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने

वित्तीय सुशासन जोखिम मूल्याङ्कन : दोधारा चाँदनी नगरपालिका नतिजा विहीन

वित्तीय सुशासन जोखिम मूल्याङ्कन :  दोधारा चाँदनी नगरपालिका नतिजा विहीन
अ अ+ अ-

कञ्चनपुर। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशमै शुक्लाफाँटा नगरपालिकाले उत्कृष्ट नतिजा ल्याएको छ ।

आव २०८०/८१ को स्थानीय तह वित्तीय सशासन जोखिम मूल्याङ्कनमा नगरपालिकाले ९५ अङ्क ल्याएर सुदूरपश्चिम प्रदेशमा दोस्रो र कञ्चनपुर जिल्लामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत् र प्रभावकारी बनाउनका लागि बर्सेनि स्थानीय तहको मूल्याङ्कन गर्दै आएको छ ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा गरी पाँच वटा बुँदामा मन्त्रालयले मूल्याङ्कन गर्दै आएको छ ।

सोही पद्धतिका आधारमा स्थानीय तहलाई मन्त्रालयले बजेट पठाउने गर्दछ । वित्तीय व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न जोखिम मूल्याङ्ककन गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९ दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यव्थापनमा २७ दशमलव ५,लेखाङ्कन तथा प्रतिवेदनमा १७, मूल्याङ्कन तथा लेखापरीक्षणमा १५ र राजस्व व्यवस्थापनमा १६ अङ्क प्राप्त गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीको प्रयास अनुसार नगरपालिकाले मूल्याङ्कन प्रक्रियामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको नगर प्रमुख रणबहादुर महराले बताउनुभयो । “तोकिएको आधारमा बेरुजु फछ्र्यौट गर्न सफल हुँदा र निर्धारित समय अगावै नगरसभा गरी बजेट पास गर्न सकिँदा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट भएका छौँ” उहाँले भन्नुभयो ।

स्थानीय तह वित्तीय सशासन जोखिम मूल्याङ्कनको प्रकाशित नतिजा अनुसार भीमदत्त नगरपालिकाले ७८ दशमलव ५, बेदकोट नगरपालिकाले ९३, कृष्णपुर नगरपालिकाले ७७, बेलौरी नगरपालिकाले ८२ दशमलव ५, पुनर्वास नगरपालिकाले ६६ दशमलव ५, बेलडाँडी गाउँपालिकाले ९० दशमलव ५ र लालझाडी गाउँपालिकाले ८८ दशमलव ५ अङ्क प्राप्त गरेको छ ।

दोधारा चाँदनी नगरपालिका भने स्थानीय तह वित्तीय सशासन जोखिम मूल्याङ्कनमा नतिजा विहीन अवस्थामा रहेको छ ।