२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने

राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने
अ अ+ अ-

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–१ निवासी बलराम न्यौपाने आजभोलि गाई गोठ र बाख्राको खोर स्याहार्नमा व्यस्त छन्।

बिहान सबेरै उठेदेखि राति अबेरसम्म गोठमा रहेका बाख्रा, गाईभैँसी स्याहार्नु, आहारको जोहो गर्नु र दूध बेच्नु उनको दैनिकी नै हो। समाज परिवर्तनको लागि सुरु गरेको ३० वर्षे राजनीतिक यात्रालाई बिट मारेर विसं २०८० पुसबाट उनले व्यावसायिक पशुपालन सुरु गरेका छन्।

‘विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेको हुँ। आठ वर्ष विद्यार्थी राजनीति गरे, वाइसिएल केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला नेता र पछिल्लो समय वैद्य माओवादीको जिल्ला सेक्रेटरी भए। अहिले राजनीतिक रूपमा निस्क्रिय छु। तीस वर्ष राजनीति गरियो तर समाज र आफ्नो अवस्थाजस्ताको तस्तै। हाल व्यावसायिक पशुपालनबाट समाजका केही व्यक्तिहरूलाई रोजगारी दिएको छु। राज्यलाई कर तिरेर योगदानको छु’, उनले भने।

न्यौपानेले पूर्वपश्चिम राजमार्गबाट सात किलोमिटर उत्तर चुरे पाखामा पशुपालन ‘फार्म हाउस’ सञ्चालन गर्नुभएको छ। सुरुमा पाँच वटा बाख्रा, एउटा गाई र एउटा भैँसीबाट सुरु गरेको फार्ममा हाल ७० वटा बाख्रा, आठ गाई र दुई वटा भैँसी छन्।

न्यौपानेले देशमा राजनीतिक क्रान्तिले ल्याएका परिवर्तनलाई स्थायित्व दिन पनि अब आर्थिक क्रान्ति आवश्यक रहेको निष्कर्षसहित आफू व्यवसायमा लागेको सुनाउनुभयो।

पशुपालनबाट आत्मसन्तुष्टिका साथै आम्दानी पनि सन्तोषजन भइरहेको उनको भनाइ छ। गत गढीमाई मेलाको समयमा १२ लाखभन्दा बढीका बोका बिक्री गरेको न्यौपानेले सुनाए। यो उनले एकाध महिनामा गरेको सबैभन्दा ठूलो कारोबार हो। ‘भवितव्यबाहेक कृषि र पशुपालनमा धेरै घाटा हुँदैन। पशु चौपायाको गहँुत र गोबरबाट पनि फाइदा लिन सकिन्छ’, उनले भने, ‘त्यसैले अब हरेक नेपालीले कृषिमार्फत् आर्थिक रूपान्तरणमा योगदान गर्नुपर्छ। योभन्दा राम्रो विकल्प अर्को हुनसक्दैन। सरकारले पनि सोहीअनुसार नीति अवलम्बन गर्न आवश्यक छ।’

न्यौपानेले पशुपालनबाहेक केही जमिनमा उखु, टमाटरखेतीलगायत कृषि कर्मसमेत गरिरहेका छन्। उनले पशुपालन र खेतीपातीबाटै पारिवारको गर्जो टार्दै आएको बताए। ‘अहिले व्यवसाय सुरु गरेपछि आम्दानीसँगै जीवनस्तरमा सुधार भएको छ। सन्तानको पठनपाठनमा सहज भएको छ’, न्यौपानेले भने। उनले गाईभैँसीको करिब ५० लिटर दूध दैनिकजसो बिक्री गरिरहेका छन्।

राजनीति समाज सेवा भएकाले आर्थिक उपार्जनका लागि हरेक नेताले कुनै न कुनै इलम गर्न जरुरी रहेको पनि उनको भनाइ छ। न्यौपानेले हाल तीन जनालाई रोजगारी दिनुभएको छ। अब व्यवसाय विस्तार गरी चुरेको हावा पानी सुहाउँदो कुखुरापालन गर्ने योजना रहेको उनले सुनाए। साथै पशुपालनबाट दूध, मासुसँगै मलमूत्रबाट बन्ने मल प्रयोग गरेर व्यावसायिक खेतीमा लाग्ने उनले बताए।

न्यौपानेले चार बिघा पाखामा डाले घाँस रोप्नुभएको छ। व्यवसाय सुरु गर्दा उनले भौतिक संरचना निर्माण र केही पशुवस्तु खरिद गर्दा ८२ लाख ९० हजार लगानी गरेका थिए। हाल सो लगानी रु एक करोड २५ लाख पुगेको छ। रासस