७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रवादी यातायात व्यवसायी संघको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेस निकट लोकतन्त्रवादी यातायात व्यवसायी संघ, काठमाडौँको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन भएका छन्।

काठमाडौँ जिल्लाका विभिन्न संघ, समिति, कम्पनी तथा प्रालिमा आबद्ध लोकतन्त्रवादी यातायात व्यवसायीहरूको सहभागितामा सम्पन्न निर्वाचनमार्फत श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

निर्वाचन समिति संयोजक नारायण श्रेष्ठका अनुसार कार्यसमितिमा तीन जना सदस्य पछि मनोनीत गरिनेछन्। नवनिर्वाचित अध्यक्ष मन्जय प्रकाश श्रेष्ठले संघलाई सशक्त बनाउन तथा समन्वयात्मक रूपमा कार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

नयाँ कार्यसमितिमा चन्द्र कुमार श्रेष्ठ उपाध्यक्ष, लक्ष्मण तिमल्सीना सचिव, राजन देउला सह-सचिव, र बिनिता बस्नेत कोषाध्यक्षका रूपमा चयन भएका छन्। त्यसैगरी, मोहन जंग बस्नेत, विशाननाथ, नरहरी बलामी, महेन्द्र श्रेष्ठ, र हिरा कृष्ण शाही सदस्य पदमा चयन भएका छन्।

निर्वाचन सम्पन्न भएपछि अध्यक्ष श्रेष्ठले यातायात व्यवसायीहरूको हकहित संरक्षण तथा समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।