२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेला फागुन ४ मा



अ+ अ-

काठमाडौँ।  समाजवादी प्रेस सङ्गठन नेपालले यही फागुन ४ गते आफ्नो दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ ।

प्रगतिशील तथा श्रमजीवी पत्रकारको सङ्गठनको नेतृत्वका केही पत्रकार संस्थाबाट बाहिरिएपछि ‘विचारमा स्पष्ट : पेसामा दक्ष’ नारासहित आयोजना गर्न लागिएको भेलामा सातै प्रदेशका सङ्गठनसँग आबद्ध करिब दुई सय ५० पत्रकार सहभागी हुने छन् ।

आइतबारको भेलामा ‘जिम्मेवार पत्रकार : समाजवादको आधार’ मूल नारा बोकेको सङ्गठनको बाँकी १५ महिनाको कार्यभार र जिम्मेवारी, विधान संशोधन, पुरस्कार, सम्मान स्थापना, तालिम, प्रशिक्षण, सङ्गठनको लिपिबद्ध इतिहास लेखन आदि विषयमा छलफल हुने जनाइएको छ । भेलापूर्व शनिबार सङ्गठनको केन्द्रीय कमिटीको दोस्रो बैठक पनि यहाँ बस्दै छ । ‘अग्रजको सम्मानः युवालाई प्रोत्साहन’ भेलामा पेसागत महासङ्घ र अन्तरराष्ट्रिय पत्रकार सङ्गठनसँग आबद्धताबारे पनि निर्णय लिइने छ ।

भेलाको पूर्वसन्ध्यामा सङ्गठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीका अध्यक्षतामा आज आयोजित सङ्गठन पदाधिकारी तथा सल्लाहकार बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा सङ्गठन इन्चार्ज प्रकाश ज्वालाले संस्थालाई श्रमजीवी पत्रकारका समस्या, जनजीविका, राष्ट्रियताका विषय निरन्तर उठाउन तथा विद्यमान चुनौतीको मुकाबिला गर्दै समाजवाद प्राप्तिको अभियानमा दृढतापूर्वक पत्रकारिता गर्न आग्रह गरे ।

सङ्गठनका सहइन्चार्ज शम्भु श्रेष्ठ तथा पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्याल र चमिना भट्टराईले विचारमा चट्टानजस्तो उभिएर गुणस्तरीय पत्रकारिता गर्दै सङ्गठन सुदृढ गर्न समाजवादी पत्रकारहरूसँग अनुरोध गरे ।