२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा

समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेला फागुन ४ मा

समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेला फागुन ४ मा
अ अ+ अ-

काठमाडौँ।  समाजवादी प्रेस सङ्गठन नेपालले यही फागुन ४ गते आफ्नो दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ ।

प्रगतिशील तथा श्रमजीवी पत्रकारको सङ्गठनको नेतृत्वका केही पत्रकार संस्थाबाट बाहिरिएपछि ‘विचारमा स्पष्ट : पेसामा दक्ष’ नारासहित आयोजना गर्न लागिएको भेलामा सातै प्रदेशका सङ्गठनसँग आबद्ध करिब दुई सय ५० पत्रकार सहभागी हुने छन् ।

आइतबारको भेलामा ‘जिम्मेवार पत्रकार : समाजवादको आधार’ मूल नारा बोकेको सङ्गठनको बाँकी १५ महिनाको कार्यभार र जिम्मेवारी, विधान संशोधन, पुरस्कार, सम्मान स्थापना, तालिम, प्रशिक्षण, सङ्गठनको लिपिबद्ध इतिहास लेखन आदि विषयमा छलफल हुने जनाइएको छ । भेलापूर्व शनिबार सङ्गठनको केन्द्रीय कमिटीको दोस्रो बैठक पनि यहाँ बस्दै छ । ‘अग्रजको सम्मानः युवालाई प्रोत्साहन’ भेलामा पेसागत महासङ्घ र अन्तरराष्ट्रिय पत्रकार सङ्गठनसँग आबद्धताबारे पनि निर्णय लिइने छ ।

भेलाको पूर्वसन्ध्यामा सङ्गठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीका अध्यक्षतामा आज आयोजित सङ्गठन पदाधिकारी तथा सल्लाहकार बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा सङ्गठन इन्चार्ज प्रकाश ज्वालाले संस्थालाई श्रमजीवी पत्रकारका समस्या, जनजीविका, राष्ट्रियताका विषय निरन्तर उठाउन तथा विद्यमान चुनौतीको मुकाबिला गर्दै समाजवाद प्राप्तिको अभियानमा दृढतापूर्वक पत्रकारिता गर्न आग्रह गरे ।

सङ्गठनका सहइन्चार्ज शम्भु श्रेष्ठ तथा पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्याल र चमिना भट्टराईले विचारमा चट्टानजस्तो उभिएर गुणस्तरीय पत्रकारिता गर्दै सङ्गठन सुदृढ गर्न समाजवादी पत्रकारहरूसँग अनुरोध गरे ।