१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
अ अ+ अ-

रामपुर । पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयलगायत प्रदेशका मन्त्री, मुख्यसचिव, सचिवलगायत कर्मचारीको अन्तरप्रदेश समन्वय बैठकमा सहभागिता रहनेछ । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबारमा दुई प्रदेशका मुख्यमन्त्रीसहितको बैठकमा लुम्बिनी र गण्डकी प्रदेशका भावी योजनाबारे विस्तृत गहन छलफल हुनेछ ।

कालीगण्डकी नदीले लुम्बिनी र गण्डकी प्रदेशलाई जोडेकाले दुई प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरप्रदेश व्यापार, व्यवसायलगायत क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यहाँ बस्ने बैठकलाई विशेष चासोका रूपमा हेरिएको तानसेन–१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले बताउनुभयो । विशिष्ट व्यक्तिको उपस्थितिले नदी वारिपारिका क्षेत्रको समृद्धि र विकासका साझा सरोकारका विषयमा महत्वपूर्ण विषय उठान हुने सरोकार भएकाको अपेक्षा छ ।

नेपालको ताजमहलका रूपमा चिनिने पाल्पाको रानीमहल दरबार जिल्ला सदरमुकाम तानसेनबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जल शेचनको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टसहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।

तानसेन नगरपालिका–१३ मा रहेको रानीमहलमा सबै उमेर समूहका पर्यटक घुम्न जाने गर्दछन् । अहिले यस क्षेत्रमा होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ । रानीमहल दरबारलाई नियाल्दै कालीगण्डकी नदीमा जलयात्रा गर्ने अवसर रहेकाले पनि पर्यटकहरू अवलोकन गर्न पुग्दछन् ।

विसं १९५० मा पाल्पा गौँडाका तैनाथवाला प्रधानसेनापति खड्ग शमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर बनाइएको छ ।

यहाँ एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवङ्गत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । विसं १९६० मा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाएपछि चन्द्रशमसेरले सेना पठाएर तैनाथी आफ्नो हातमा लिएका थिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भएका थिए । त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । कालीनदीको चट्टामाथि बनेको हुँदा पनि यस दरबारले सबैलाई आकर्षित गर्दछ । रासस