८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग

पूर्वाधार समितिमा ऊर्जामन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरुको प्रश्नै–प्रश्न

पूर्वाधार समितिमा ऊर्जामन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरुको प्रश्नै–प्रश्न
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बठैकमा सत्ता र प्रतिपक्ष दलका सांसदहरुले ऊर्जामन्त्री दीपक खड्कालाई जलविद्युत आयोजनाका विषयलाई लिएर प्रश्न गरेका छन् ।

शुक्रवार ऊर्जा मन्त्रालयको काम कारबाहीका विषयमा जानकारी लिन बसेको समिति बैठकमा ऊर्जा मन्त्रीलाई जलविद्युत आयोजनाहरुका विषयलाई लिएर प्रश्न गरेका हुन् ।

सांसदहरुले मन्त्री खड्कालाई जगदुल्ला जलविद्युत आयोजना ठेक्का र किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा प्रश्न गरेका छन् । समितिमा मन्त्री खड्कालाई सत्ता पक्षका सांसदहरुले समेत मन्त्रालयले गरेका कामको विषयमा आलोचना गरेका छन् । समिति बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद गोकर्ण बिष्टले किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा मन्त्री खड्काको नियत राम्रो नभएको बताउनु भयो । उहाँले आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि बनाउँदा नै सेटिङ भएको देखिएको बताउनु भयो । उहाँले विद्युत उत्पादन कम्पनीका लगानीकर्ताहरुलाई जानकारी छ की छैन ?भन्दै प्रश्न गर्नुभयो । उहाँले मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने अवस्था हुन्छ तर ऊर्जामन्त्रीको प्रबन्धपत्रलाई टेकेर धेरै काम गरेको देखिएको बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको सेयर बेच्ने प्रक्रिया अगाडि बढाइनु नै शंकास्पद भएको बताउनु भयो । उहाँले रणनीतिक महत्वका आयोजनामा निःशुल्क बिजुलीको विषयमा केही उल्लेख नगरी निजी कम्पनीलाई शेयर बेच्ने विषय निक्कै गम्भीर भएको उल्लेख गर्नुभयो । उहाँले ४४५ मेगावाटको किमाथांका अरुण र १९०२ मेगावाटको मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर विक्रीका लागि मंसिर २३ गते आशयपत्रमा शंका रहेको बताउनु भयो । उहाँले मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर विक्री गरेर कति पु¥याउन खोज्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै सञ्चालक सदस्यहरु सबै सहमति भएको छ वा छैन ? भन्दै अर्को प्रश्न गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले ऊर्जामन्त्रीले कुनै एउटा अमुक कम्पनीलाई शयर बेच्ने सेटिङसहित आशयपत्र मागेको आरोप लगाउनु भयो । उहाँले सरकारले कसैको स्वार्थका लागि आयोजना कसैको जिम्मा लगाउन नहुने बताउनु भयो । उहाँले सरकारले कुनै सेटिङ र मिलेमतोमा आयोजना जिम्मा लगाउन नहुने उल्लेख गर्नुभयो । उहाँले सांसद ज्वालाले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा पनि मन्त्री खड्काको बद्नियत रहेको बताउनु भयो । उहाँले जगदुल्ला आयोजना ठेक्काका लागि कमिसन खेल भएको बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बेच्ने योजनाबाट किन पछाडि हट्नुभयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मन्त्री खड्कामाथि दुई आयोजनाको शेयर सेटिङमा बेच्न खोजेको आरोप लगाउनु भयो । उहाँले कार्यविधि सेटिङमा बनाइएको पनि उल्लेख गर्नुभयो । उहाँले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा निर्माण कम्पनीलाई मन्त्रालयमा बोलाएर निर्माण कम्पनी छनोटमा हस्तक्षेप गरेको आरोप लगाउनु भयो । उहाँले उहाँले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पनि अख्तियारमा उजुरी परेपछि रद्ध गर्न वाध्य हुनुभएको हो ? भन्दै अर्को प्रश्न गर्नुभयो ।

एमाले सांसद ठाकुर गैरेले मन्त्री खड्काले समितिलाई छल्न खोजेको आरोप लगाउनु भयो । उहाँले मन्त्रालयबाट भइरहेका गलत काममा समर्थन गर्न नसकिने बताउनु भयो । उहाँले सरकारले २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राम्रो भएको भन्दै काम गर्ने मनाशाय राम्रो नदेखिएको बताउनु भयो । उहाँले मन्त्री भएदेखि अहिलेसम्म सार्वजनिक रुपमा विवादित विषयहरु सार्वजनिक भएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पनि मुगु कर्णाली (१९०२ मेगावाट)र किमाथांका अरुण (४५४ मेगावाट)जलविद्युत परियोजनाहरूको अनुमति बिक्रीका विषय सेटिङमा भएको देखिएको बताउनु भयो । उहाँले जगदुल्ला (१०६ मेगावाट) जलविद्युत आयोजनाको निर्माण कम्पनी छनोट प्रक्रिया मन्त्रीको हस्तक्षेपका कारण रद्ध भएको पनि बताउनु भयो ।

सांसदहरुले ऊर्जा मन्त्रालयले गरेका पछिल्लो गतिविधि विवादित हुँदा सांसदहरु समेत विवादित बन्नुपर्ने अवस्था रहेको भन्दै गलत काम सच्याउन मन्त्रीलाई सुझाव दिएका छन् ।