४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउ सुपर जायन्ट्सले इंग्ल्याण्डमा टिम किन्यो, कति पैसा बगायो ?



अ+ अ-

एजेन्सी । आईपीएल फ्रेन्चाइज लखनऊ सुपर जायन्ट्सको स्वामित्वमा रहेको आरपीएसजी समूहले सोमबार इंग्लिस लिग द हन्ड्रेड टोली म्यानचेस्टर ओरिजिनल्स सञ्चालन गर्न लन्काशायरसँग साझेदारी गर्ने अधिकार प्राप्त गरेको छ ।

क्रिकइन्फोका अनुसार सञ्जीव गोयन्काको आरपीएससी समूहले अङ्ग्रेजी फ्रन्चाइजीमा ४९ प्रतिशत सेयर खरिद गर्न करिब १२५२ करोड रुपैयाँको उच्च बोली लगायो ।

समूहले शुक्रबार ‘लन्डन स्पिरिट’को लागि असफल बोली लगाएको थियो । यो लिलामी सिलिकन भ्यालीको टेक कन्सोर्टियमले जित्यो ।

‘म एउटा राम्रो साथीको खोजीमा थिएँ । आरपीएसजी समूह केहि समयको लागी हाम्रो मनपर्ने बोलीकर्ता भएको छ । हामी यो नतिजाबाट धेरै खुसी छौं। हामी सँगै राम्रो भविष्य सिर्जना गर्न उत्साहित छौं । हाम्रो संयुक्त लक्ष्य म्यानचेस्टर र उत्तर पश्चिम क्षेत्रका मानिसहरूका लागि विशेष क्रिकेट टोली सिर्जना गर्ने हो ।’ लङ्कशायरले एक विज्ञप्ति जारी गर्दै भन्यो ।

दुबै पक्षहरू (लङ्कशायर र आरपीएसजी समूह) अब ८ हप्तासम्म सम्झौताका सर्तहरू छलफल गर्नेछन् । ल्याङ्कशायरले यसअघि आफ्नो ५१ प्रतिशत सेयर बेच्नेबारे छलफल गर्न खुला रहेको सुझाव दिएको थियो ।

आरपीएसजी समूहका अध्यक्ष र संस्थापक गोयन्काले २०२२ मा २०२२ मा डरबन फ्रेन्चाइजी किन्नु अघि २०२१ को आईपीएलमा लखनउको फ्रेन्चाइजी ७,०९० करोडमा किनेका थिए ।

यसअघि उनी राइजिङ पुणे सुपरजायन्टका मालिक पनि थिए । यो समूहले २०१६ र २०१७ (दुई) सिजनहरूमा भाग लिएको थियो, जब चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स निलम्बित थिए ।