१० माघ २०८१, बिहीबार
,
Latest
गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौँः उपप्रधानमन्त्री पौडेल संघीय निजामती विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति भीम रावलको अभियानमा सहभागी भएका ६ जना नेता एमालेको कारबाहीमा हिमोफिलियाको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय प्रविधिले जोगाएको नेपाली अण्डाको बजार देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीमा ५ सय जनाको उम्मेदवारी !



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५ सय जनाको उम्मेदवारी परेको छ । ३१२ सदस्यीय केन्द्रीय समितिमा ५ सयको उम्मेदवारी दर्ता भएको हो । अनलाइन प्रणालीबाट उम्मेदवारी दिएका केन्द्रीय समितिको पदाधिकारी, सचिवालय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यका उम्मेदवारको प्रारम्भिक नामावली निर्वाचन समितिले प्रकाशन गरेको छ ।

प्रारम्भिक नामावलीविरुद्ध दाबी विरोध भएमा बिहीबार आज बिहान ९ बजेभित्र अनलाइन प्रणालीबाटै उजुरी दिन सकिनेछ । अनलाइन प्रणालीबाट दर्ता भएको मनोनयनअनुसार अध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका हुन् । अखिल क्रान्तिकारीमा नेतृत्वको लागि पहिलो पटक मधेशी समुदायको उम्मेदवारी परेको हो । अध्यक्षमा उम्मेदवारी दिएका ६ जना नै यसअघि उपमहासचिव थिए ।

अर्को कार्यकारी पद महासचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सन्जिव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतो छन् । हमाल एक्ली महिला उम्मेदवार हुन् भने महतो मधेशी समुदायबाट उम्मेदवारी दिने एक्ला उम्मेदवार हुन् । यस्तै रोक्का पनि दलित समुदायबाट महासचिवमा उम्मेदवारी दिने एक्का उम्मेदवार हुन् ।

यस्तै कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पारु चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्र चन्द, गगन भट्टराई र फूलमाया रानामगर रहेका छन् ।

खुला तथा आरक्षण गरेर ९ उपाध्यक्ष पदका लागि ३७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ४ खुला उपाध्यक्षमा १८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ३ जना महिलाले पनि उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनेमोवकी कार्की, देउमा जैशी (दिपा), बिराज थापा, रमेश आचार्य, समिर बढुाथोकी, भिष्मराज चौलागाई, मुना काप्री, योगश भट्टराई, राजिरमण न्यौपाने, देवेन्द्रराज शर्मा, खेम सिंह, मदन ढकाल, तुलसीराम न्यौपाने, नविन उपाध्याय, अटल आचार्य, बिनोद कोइराला, समिप खरेल र जिवन खड्का छन् ।

उपाध्यक्ष दलिततर्फ एक पदमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पदम नेपाली, उचित दास, कृष्णबहादुर सुनार, अविनाश रम्तेल र चित्र सुनारको उम्मेदवारी परेको हो । ५ जनामा ४ जना पहाडी दलित समुदायबाट उम्मेदवार रहेका छन् भने मधेशी दलित समुदायबाट दास एक्ला उम्मेदवार हुन् । यस्तै मधेशी उपाध्यक्ष १ पदमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा अभयप्रताप चौबे, अभिमन्यु यादव, सन्जिवकुमार चौधरी र शिवमकुमार साह छन् ।

यस्तै उपाध्यक्ष खस आर्यतर्फ १ पदका लागि ५ जनाकै उम्मेदवारी परेको छ । जसमा सुरज भण्डारी, आशिष वास्ताकोटी, जनक बटाला, उमेश कडेँल र मिनराज आचार्य रहेका छन् भने उपाध्यक्ष आदिवासी जनजातितर्फ १ पदमका लागि २ जनाको उम्मेदवारी परेको छ । जसमा बुद्रोस लिम्बु मुना थापामगरको उम्मेदवारी परेको छ । उपाध्यक्ष छात्रातर्फ १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा पार्वती नेगी, ममता अधिकारी र मनिषा आचार्य छन् ।

९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ । जसमा मर्मजंग बम, सुशान्त ताम्राकार, नपेन्द्र थापा, विपीन पोखरेल, विवेककुमार शाह, ध्रुवबहादुर रावल, जटिल कार्की, रमेश बुढाथोकी, दियोजित ओली, रुकु बस्नेत, सन्दीप न्यौपाने, रविन खम्बू, नवीन शाही, उपेन्द्र जम्कट्टेल, विनायक तिमिल्सिना, प्रकाश अधिकारी, हिमाल महरा, रेशम अधिकारी, रामचन्द्र भट्ट, सुशान्त ताम्राकार, निरोज श्रेष्ठ, प्रेमराज उपाध्याय, विनोदबहादुर शाही, रंगमान मल्ल, निर्मला गौतम, विष्णु ढुंगेल, बेनुपराज खत्री, लालबहादुर साउद, गणेश ज्ञवाली र सम्राज राई छन् ।

त्यस्तै सचिवमा विपुल पौडेलसहित ६२ जनाको उम्मेदवारी परेको छ ।