७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित

कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित
फाईल फोटो
अ+ अ-

गलकोट । पहिराले घरमा क्षति पुर्याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ  । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो  । विकका १४ वर्षीय छोरा वीरेन्द्र  र छ वर्षीय नाति प्रवेशसमेतको उक्त पहिरामा पुरिएर मृत्यु भएको थियो ।  बिककी ५२ वर्षीया श्रीमती डिलसरा  घाइते भएकी थिइन् । 

पहिरो आएको दिन आफू घरभन्दा माथि रहेको गोठमा बस्नुभएका कारण बच्न सफल भएको बताउँदै हिराबहादुर बिकले घर र परिवारको सदस्य गुमाउँदा अहिले आफू अर्काको कुखुराको खोरमा बस्दै आएको दुखेसो गर्नुभयो । “रातिको खाना खाएपछि म माथि गोठमा सुत्न गएका थिए । तल घरमा श्रीमतीसहित छोराछोरी र नाति बसेका थिए । राति ठूलो पहिरो आएर घरसहित परिवारका दुई जना सदस्यलाई समेत परिएछ”, उहाँले भन्नुभयो, “अहिले हामी घर न घाटको भयौं, घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यलाई लिएर अर्काको कुखुराको खोरमा खोरमा आश्रय लिन बाध्य भएको छु ।” 

आर्थिक अवस्था नाजुक रहेको ६० वर्षीय हिराबहादुर साना दुई छोरी र श्रीमतीसहित अहिले स्थानीयवासी धर्मराज पोखरेलको कुखुरा खोरमा आश्रय लिएर बसिरहेका छन् । “पोखरेलले घर नबन्दा सम्मका लागि कुखुराको खोरमा बस्नु भन्नुभएको छ”, उहाँले भन्नुभयो, “खुला आकाशमुनि बस्नुभन्दा यही खोरमा बस्न ठिक छ ।” गरिबीका कारण हिराबहादुरको घर बनाउन सक्ने अवस्था पनि छैन । गाउँघरमा मजदूरी गरेर ६ जना छोरोछोरीको लालनपालन गर्दै आएका बिक पहिरोले घरनै बगाएपछि ठूलो सङ्कटमा परेको छ । 

बिकको तीन छोराछोरीमध्ये जेठी छोरी विवाह भइसकेको छ भने जेठो छोराले पनि बिहे गरेर सुसुराली तिरै बस्दै आएका छन् । कान्छो छोराको पहिरोमा पुरिएर ज्यान गएको छ भने माहिलो छोरा रोजगारिका लागि घर बाहिर छन् । पहिरोले भएको अन्नपात र लत्ता कपडा सबै बगाएपछि अहिले उनको दैनिक गुजारा चलाउन समेत समस्या भएको छ ।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आइतबारदेखि निरन्तर परेको वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

गलकोट र बडिगाड खण्डमा खसेका पहिरोले यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार गलकोट नगरपालिका–७ आँगाखेत नजिकै र बडिगाड गाउँपालिका–२ राक्से भन्ने स्थानमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । वर्षापछि सडक हिलाम्मे हुँदा बागलुङ नगरपालिकाको बोक्सेमा पनि सवारी साधन वारपार गर्न नसकेको स्थानीयवासीले जनाएको छ । 

लोकमार्ग अवरुद्ध भएपछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै रुकुम पुग्ने सवारीसाधनहरु समस्यामा परेका छन् । एक हजार ७७६ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सबैभन्दा बढीं १४२ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ । जसमध्ये ५२ किलोमिटर सडक अझै कालोपत्र हुन सकेको छैन । 

‘स्मृति पार्क’ निर्माण

बागलुङका पूर्वसांसद स्वर्गीय गोविन्द अधिकारीको स्मृतिमा पार्क निर्माण गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ सीर्पालीमा ‘गोविन्द अधिकारी स्मृति पार्क’ निर्माण गरिएको हो । 

सामुदायिक वनले उपलव्ध गराएको झण्डै २० रोपनी जग्गामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालको रु। २० लाख र रु। दुई लाख जनश्रमदान गरी कूल रु २२ लाखको लागतमा निर्माण गरिएको सो पार्कलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको गोविन्द अधिकारी मेमोरियल फाउण्डेशनका संस्थापक सचिव खिमानन्द कँडेलले बताउनुभयो । 

जनसेवाका लागि गलकोट जानेक्रममा पार्क निर्माण स्थलमा नै सांसद अधिकारीको हृदयघातका कारण निधन भएको थियो । सोही स्थानमा पार्क निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिनुभयो । पार्कमा चारवटा कटेज, पाँच वटा फलामे कुर्सी, ट्रसको छाप्रो, मन्दिर, पक्की शौचालय, खानेपानीको धारा र ट्याँकी र बगैचा लगायतका पूर्वाधार निर्माण गरिएको निर्माण समितिका सदस्य घनश्याम काउँचाले बताउनुभयो ।