२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुट होईन पार्टी बलियो बनाऔ:अब्दुल सत्तार



अ+ अ-

बर्दिया । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले नेता तथा कार्यकर्ताहरुलाई गुट भन्दा पार्टी बलियो बनाउन आग्रह गर्नुभएको छ । बर्दियामा नेता तथा कार्यकताहरुसंगको अन्तरसम्बादमा नेता सत्तारले गुट भन्दा पार्टी बलियो बनाउन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो -पार्टी सांगठिनक रुपमा कमजोर छैन र आपसीद्धन्द्धका कारण नै सोचेजस्तो नतिजा आईरहेको छैन । चौधौ महाधिबेशन पछि काँग्रेस चार अभियान लिएर जनताका बिचमा गएको स्मरण गर्दे उहाँले अहिले नै मिसन ८४ भनेर आत्तिनु पर्ने अबस्था नरहेको बताउनु भयो ।

नेता सत्तारले मिसन ८४ भन्दा अगाडी पार्टीको १५ औ महाधिबेशन आउने हुँदा स्वच्छ छबि भएका नेता चयन गरे जनताले खोजेजस्तो काग्रेस बन्ने र नतिजा पनि सकारात्मक आउने बताउनु भयो ।

उहाँले स्थानिय नेताहरुलाई जनताका बिचनमा पुग्न आग्रह गर्ने पार्टीको अभियानलाई सफल बनाउन सुझाब दिनुभयो । सांगठनिक रुपमा बलियो रहे पनि बर्दीया जिल्लामा चुनावी परिणाम सोचे जस्तो हुन नसकेको बिषयमा पनि गम्भिर समिक्षा गर्न आग्रह गर्नुभयो ।