२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी कप क्रिकेटः बागमतीविरुद्ध पहिले ब्याटिङ गर्दै मधेश



अ+ अ-

जनकपुर । ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मधेश प्रदेशले टस जितेको छ ।

जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर मधेशले बागमतीविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

खराब मौसमका कारण ९ बजेको हुने भनिएको टस ढिला भएको थियो ।

दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । क्यानका अनुसार फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, र मधेश प्रदेशको सहभागितामा आयोजना हुने यस प्रतियोगितामा सेतो जर्सी र रेड बलको प्रयोग गरिनेछ । खेल पुस २१ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने छ ।

मधेश प्रदेशको टोली

हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव

वैकल्पिक खेलाडीहरु

अरनिको यादव, विशाल सुशलिङ, राज पटेल र सफवान अलि

बागमती प्रदेशको टोली

सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी