१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

आस्थाको धरोहर बन्दै सङ्गमेश्वर महादेव, नयाँ कार्यसमिति चयन

आस्थाको धरोहर बन्दै सङ्गमेश्वर महादेव, नयाँ कार्यसमिति चयन
अ अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी, कमेरोटार राधेराधेस्थित श्री सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाको १०औँ साधारणसभाले मोहनबर सिंह प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा शिवप्रसाद वाग्ले, सचिवमा कृष्णहरि देवकोटा, कोषाध्यक्षमा सुनिल ढकाल र सहसचिवमा श्याममणि आचार्यलाई आगामी कार्यकालका लागि चयन गरेको हो । साधारणसभाले संस्थाका सदस्यहरूमा केदारप्रसाद श्रेष्ठ, अर्जुन कार्की, रमा सुवेदी पोखरेल, अर्चना झा, श्रीरञ्जन नेपाल र गीता थपलियालाई चयन गरेको छ ।

कार्यक्रममा गुरू प्रल्हादराज शास्त्रीले यस मन्दिरमा नियमित भजन गर्ने एकादशी भजन समूहलाई सम्मान गर्दै धार्मिक सहिष्णुतालाई यस संस्थाले कायम गर्दै आएको चर्चा गर्नुभयो ।

कमेरोटार संयोजन समाजका संयोजक इन्द्रप्रसाद श्रेष्ठले कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र पर्ने यस मन्दिरको मात्रै नभई यहाँका सडक, खानेपानी, सडक बत्तीको व्यवस्थाका लागि आयोजना र नगरपालिकाले चासो दिनुपर्ने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका–५ र ९ का सङ्गम कोलानी, राधेराधे, निकोसेरालगायत बासिन्दाका आस्थाको धरोहर बन्दै आएको मन्दिर २०७४ सालमा लगाएको महायज्ञबाट सङ्कलित रकम, दाता र स्थानीयवासीको आजीवन सदस्यता, वार्षिक दानलगायतबाट सञ्चालन हुँदै आएको अध्यक्ष प्रधानले बताउनुभयो ।

पाँच आना क्षेत्रफलमा परम्परागत शैलीमा सत्तल, शिवको आकर्षक मन्दिर निर्माण गर्नाका साथै मन्दिरमा तामा र पित्तलको छानो हाल्ने कार्य, सत्तलमा काठको आकर्षक झ्याल हाल्ने, मन्दिरमा पर्खाल र फलामको बार, गेट हालेर सुरक्षित गर्ने, मन्दिरभित्र अन्य देवताका मूर्ति स्थापना गर्ने कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रधानले भन्नुभयो, “यस क्षेत्रमा कुन महादेवको मन्दिर बनाउने भन्ने छलफलमा मैले नै सङ्गम कोलोनीमा सङ्गमेश्वर महादेव मन्दिर बनाउने प्रस्ताव गरेँ, सबैको समर्थन भयो, त्यसपछि नवराज कसपालको संयोजकत्वमा तीन सदस्यीय मन्दिर निर्माण कमिटी गठन गरियो, मन्दिर, सत्तललगायत निर्माणका क्रममा रू एक करोड ५० लाखभन्दा बढी खर्च भएको छ ।”

स्थानीय अग्रज संस्थाका रूपमा रहेको आडाम्स थिमिका अध्यक्ष एकराज भण्डारीले यहाँको सार्वजनिक जग्गामा महादेव मन्दिर निर्माण गर्न २०६० पछाडि यहाँको पुरानो बस्ती आडाम्स् थिमिले नेतृत्व गरेर मन्दिर निर्माण कार्य अगाडि बढेको बताउनुभयो । संंस्थाले मन्दिरमा नित्य पूजा गर्न, रेखदेख गर्ने, दैनिक नित्य पूजा तथा आरती गर्नका लागि पुजारीसमेत नियुक्त गरेको र अहिले हरेक सोमबार साँझ ६ बजेदेखि भजन र साँझ ७ बजे विशेष आरती हुने गरेको उहाँले बताउनुभयो ।

सङ्गम कोलोनीका स्थानीयवासी परशुराम कार्की भन्नुहुन्छ, “तराई, पहाड, हिमाल तीनै भेगका ७७ जिल्लाका मानिसहरू यहाँ बस्ने भएपछि बस्ती पनि निकै बाक्लो भएको छ । यहाँ सबैको धार्मिक कार्यहरू गर्ने, साउनको सोमबार, महाशिवरात्रि, जनैपूर्णिमा, अक्षय तृतीया, तीज, एकादशीलगायत विभिन्न तिथि एवं पर्वहरूमा अचेल मेला नै लाग्ने गरेको छ, मन्दिरमा आरतीसमेत सुरू भएको छ ।”

मन्दिरमा मात्रै होइन देशका विभिन्न जिल्लाबाट बसाइँ सरेर आएका सङ्गम कोलोनीका बासिन्दाबीच एकताको सूत्रमा बाँध्ने कार्य यस संस्थाले गरेको स्थानीय ठाकुरमणि दाहाल बताउनुहुन्छ । उहाँले तराई, पहाड र हिमाली भेगबाट आएका सबै जातजाति, भाषा, धर्म, संस्कृतिबीच यहाँ एकता बनाउने कार्य संस्थाले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । रासस