२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौंः कुलमान घिसिङ



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताउनुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताउनुभएको हो ।

उहाँले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुभयो । उहाँले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताउनु भयो ।

कार्यकारी निर्देशक घिसिङले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालको लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विश्व बैंक,एडिबी लगायत अन्य विकास साझेदारहरुबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताउनु भयो । उहाँले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको बताउनु भयो । उहाँले आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताउनु भयो । उहाँले दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न हुँदा नेपालको रिजर्भर आयोजनामा ठूलो योगदान गर्छ । ट्रान्समिसन लाइनमा वुटवलदेखि बर्दघाटसम्मको १२० केभीको ट्रान्समिसनलाई लामो समयदेखि सम्पन्न भएको थिएन । अहिले सम्पन्न गरेर चार्ज भएपछि म्यादीको दाना देखि कुशमा हुँदै बुटवल भरतपुरसम्म पूर्णरुपमा चार्ज भयो । पावर निर्यात गर्नलाई ठूलो सहयोग गर्छ । ठूलो नेटवर्क बनेको छ हेटौँडा देखि ४०० के।भी सकिन लागेको छ । प्राधिकरणले शुरु गरेको ट्रान्समिसनलाई सबै सम्पन्न हुने चरणमा छ । मस्र्याङ्दी करिडोरको बाँकी छ । आगामी जेठसम्म सम्पन्न गर्ने चरणमा हामी छौं । अपर अरुण नेपालको एउटा गेमचेन्जर आयोजना हो । १०६३ मेगावाटको आयोजना हो । तत्काल बनाउनुपर्ने परियोजना हो । विगत लामो समय परियोजनाको तयारीमा लागायौं । ८ वर्ष लगाएर सम्पूर्ण तयारी पूरा भएको छ । अहिले टर्नेलसहितको २ किलोमिटरको पहुँज मार्ग छ । फुलफेजमा काम शुरु भएको छ । परियोजनालाई आवश्यक जग्गा अधिकरणदेखि सबै सकिए काम शुरु भएको छ । हेलिक्टर प्रयोग गरेर समानहरु लगेर काम गरिरहेको छ । आयोजनाको फाइनान्सिङ्को लागि विश्व बैंक,एडबी लगायत अरु डेभलोपमेण्ट पार्टनरहरुले फाइनान्सिङ क्लोज गर्ने क्रममा छ । केही प्राविधिक विषयहरुमा फाइनल गर्नुपर्ने छ । फाइनान्सिङको लागि सहमति रोकिएको छ । जुनमा हुने भनिएको थियो । अहिले रोकिएको छ । अप्पर अरुण बनाउनको लागि विश्व बैंक,एडबी लगायत अरु डेभलोपमेण्ट पार्टनरहरुले फाइनान्सिङ सम्भव भएन भने यो आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्छ । यो माथिल्लो तामाकोशीको मोडलमा बन्छ । देशविदेशमा भएका नेपाली जनताको लगानी माथिल्लो अरुणमा लगानी गर्न अगाडि बढाउँछौं । आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको छ । दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी सम्पूर्ण रुपमा पूरा भएको छ ।’

उहाँले नेपालमा उत्पादित विद्युत गुणस्तरीय सप्लाईको लागि आवश्य ट्रान्समिसन लाइनहरु पनि क्रमिक रुपमा बनाउँदै गएको बताउनु भयो । उहाँले प्राधिकरणले बनाउन शुरु गरेको ट्रान्समिसन लाइनहरु प्रायः सम्पन्न हुने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले बुटवलदेखि बर्दघाटसम्मको १२० के।भीको ट्रान्समिसन पनि सम्पन्न भएको बताउनु भयो ।