८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने

अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने
अ+ अ-

एजेन्सी । अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जिमी कार्टरको सम्झनामा जनवरी ९ लाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउने घोषणा गर्नुभएको हो ।

बाइडेनले ह्वाइट हाउसमा जारी गरेको घोषणामा भन्नुभएको छ, “म अमेरिकी जनतालाई त्यस दिन आ–आफ्नो पूजास्थलमा भेला हुन आह्वान गर्दछु र त्यहाँ राष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर ९जिम्मी कार्टर० को स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गर्दछु ।”

उहाँले अगाडी थप्नुभयो, “म हाम्रो दुःखमा सहानुभूति प्रकट गर्नुहुने सम्पूर्ण विश्व समुदायलाई शोकको यस घडीमा उक्त पवित्र कार्यमा हामीसँग सामेल हुनका लागि आग्रह गर्दछु ।”

अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार निधन भएको हो ।

वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ।

कार्टर सेन्टरले सामाजिक सञ्जाल एक्समा उहाँको मृत्युबारे पुष्टि गर्दै लखेको छ, “हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो।”