१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’

वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’
अ अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरले घण्टाघरचोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गत शुक्रबार दोस्रोपटक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र घण्टाघरस्थित बिपी उद्यान हाताभित्र सञ्चालनमा रहेका तरकारी तथा फलफूल बजार खाली गर्नका लागि आह्वान गर्नुभएको हो ।

महानगरले यसअघि मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । सो म्याद पनि गत पुस १० गते सकिएको थियो । तर सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गर्दै आइरहेका छन् ।

वीरगञ्जको मुख्य स्थानमा रहेको अस्तव्यस्त बजारले यहाँको सौन्दर्यीकरणमा समेत समस्या पार्दै आइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरले बिपी उद्यानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्दै आइरहेका व्यापारीलाई महानगर–१६ मा रहेको नगवास्थित कृषि बजारमा व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो ।

“महानगरले तोकिएको समयभित्रै तरकारी तथा फलफूल बजार खाली नगरेको खण्डमा सोही व्यापारी तथा व्यवसायीबाट खाली गराउँदा लाग्ने खर्च पनि उठाइनेछ,” उहाँले भन्नुभयो । बिपी उद्यान वीरगञ्ज महानगर–९ मा पर्छ । वीरगञ्ज महानगर–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले तरकारी तथा फलफूल व्यापारीलाई उपयुक्त विकल्प दिएर बिपी उद्यान खाली गर्नुपर्ने बताउनुभयो ।

“बिपी उद्यानलाई सौन्दर्यीकरण गरेर व्यवस्थित गर्न जरूरी भइसकेको छ । तर यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यवसायीलाई पायक पर्ने ठाउँमा व्यवस्थापन गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “वडा नम्बर १६ स्थित नगवास्थित कृषि बजारमा टाढा हुने सम्भावना रहेको छ । सोबाहेक अन्य ठाउँको विकल्पको विषयमा छलफल गर्दा राम्रो हुने देखिन्छ ।” महानगरले  यो ठाउँमा बिपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ ।