२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत



अ+ अ-

काठमाडौँ । बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिनसक्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताउनुभएको हो ।

उहाँले भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बिआरआई परियोजना अन्तर्गतको आयोजना भएकाले भन्दै उडान अनुमति नदिएको बताउनु भयो । उहाँले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बिआरआई परियोजना अन्तर्गत नभएको स्पष्ट बनाए उडान अनुमति दिनसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको भनेर भारतले अनुमति नदिएकाले चल्न नसकेको दाबी गर्नुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमान मात्रै चल्ने अवस्था रहेको बताउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनसँग जोडिनु भएको बताउनु भयो । उहाँले बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामीले बुझेसम्म भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल असाध्यै जटिल र रिक्सटिक्सन विमानस्थल हो । पोखरा अन्तर्राष्ट्रिय विमास्थल सञ्चालनमा आएदेखि बुद्ध एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भनिरहेका छौं । त्यसको लागि पोखरा बनारस उडानको लागि सरकारसँग अनुमतिको लागि आवेदन दियौं । सरकारले तीन दिनभित्र अनुमति दियो । परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पनि आवेदन दियौं । त्यो फाइल अहिले पनि घुमिरहेको छ । अहिले पनि उडान गर्न पाइँदैन भन्नुभएको छैन । तर फाइल अझै घुम्दैछ । हामीले बुझेसम्म बंलादेशको हवाई कम्पनीले पोखरा उडान गर्न खोज्दा हवाई रुटको कारण उडान हुन नसकेको कुरा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता के हो भन्दा ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमानले भारत सव कन्टिनेन्टलाई एउटा हिसाबले चल्नसक्ने बुझेका छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनको संज्ञा दिएको छ । बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुप¥यो । बिआरआई हो भने कुरा देशले सञ्चालन गर्ने हो । बिआरआईको कारणले भारतले अनुमति नदिएको भन्ने छ । भारत र दक्षिणतिरका देशले बिआरआई परियोजनाका कारण उडान नगर्ने हुदा उडानमा चुनौति देखिएको छ । भारतीय विमानस्थलहरुमा उडान अनुमति पाएको खण्डमा ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार छौं ।’

उहाँले बुद्ध एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सबैभन्दा पहिला अन्तर्राष्ट्रिय उडान गर्न खोजेको बताउनु भयो । उहाँले नेपाल सरकारले पोखराबाट बनारस उडानको अनुमति नेपाल सरकारले दिएपनि भारत सरकारले अहिलेसम्म नदिएको बताउनु भयो । उहाँले अनुमति दिए ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार रहेको उल्लेख गर्नुभयो ।




भर्खरै