८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

नेकपा एसको केन्द्रिय सदस्यहरुको कार्यविभाजन आईतवार हुने

नेकपा एसको केन्द्रिय सदस्यहरुको कार्यविभाजन आईतवार हुने
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन छलफल भएको छ ।

शुक्रवारबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारी बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरुले बोल्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँकाअनुसार पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन आईतवारमात्रै हुनेछ ।

आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह आज आफ्ना धारणा राख्नुभएको बताउनु भयो ।

छलफलमा पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतिहरु निर्वाचनमा प्रतिष्पर्धा गर्नेकुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको तेस्रो बैठक हिजोदेखि लगातार सञ्चालन भइरहेको छ । यो बैठकमा विशेषतः थुप्रै साना योजनाहरु छन् । त्यसमध्ये मुख्य एजण्डाहरु हाम्रो पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रित सदस्यहरुको कार्यविभाजन दुई वटा विषय प्रमुख छन् । आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ ।

आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह हुनुहुन्छ ।

पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतिहरु निर्वाचनमा प्रतिष्पर्धा गर्नेकुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको छ । छलफल भोलिसम्म चल्नेछ । कार्यविभाजनको काम भोलि हुनेछ ।’

बैठक आईतवारसम्म सञ्चालन हुने पनि जानकारी दिनुभयो ।