११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनोद चौधरीको क्रियाशील सदस्यतासम्बन्धी उजुरी खारेज



अ+ अ-

काठमाडौं । गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला मधेशी केन्द्रीय सदस्यतर्फ निर्वाचित हुने ५ जनामध्ये दोस्रो सर्वाधिक मत ल्याएर विजयी भएका केन्द्रीय सदस्य विनोद चौधरीको क्रियाशील सदस्यतासम्बन्धी उजुरी खारेज भएको छ ।

खुल्ला मधेशी केन्द्रीय सदस्यतर्फ छैटौं नम्बरमा रहेर पराजित उम्मेदवार डा. सुभाषचन्द्र यादवले दोस्रो सर्वाधिक मतसहित निर्वाचित केन्द्रीय सदस्य चौधरीको उम्मेदवारी नै विधानविपरीत रहेको भन्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी दिएका थिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत पुस ३० गते सो उजुरी उपर निर्णय गर्दै दाबी नपुग्ने ठहर गरेको हो । 

समितिले कांग्रेस विधान र निर्वाचन निर्देशिकाअनुसार क्रियाशील सदस्यताको निरन्तरताको अवधि प्रमाणित गर्ने वैधानिक अधिकार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवलाई रहेको र मुख्यसचिवले २०७८ मंसिर २४ मै चौधरीको सदस्यताको अवधी र योग्यता पुग्ने प्रमाणित गरेको उल्लेख गरेको छ ।