२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा

झन्डै ७ महिनासम्म बन्द भएका सिनेमा हलमा मुसाको रजाइँ

झन्डै ७ महिनासम्म बन्द भएका सिनेमा हलमा मुसाको रजाइँ
अ अ+ अ-

हेटौंडा । झन्डै ७ महिनासम्म बन्द भएका सिनेमा हलमा लाखौं मूल्यका सिट मुसाले काटेर काम नलाग्ने पारिदिएको छ । हेटौंडाको ओम्याक्स र एनएस सिनेमा हलमा मुसाले सिट र कार्पेट नष्ट गरेर हैरान भएको सञ्चालकहरुको भनाइ छ । करोडौं लगानीमा स्थापना गरिएको हल बन्द हुँदा सञ्चालकलाई घाटा त परेको छ नै, त्यही हलबाट आफ्नो गुजारा चलाउँदै आएका मजदुरलाई समेत ठूलो असर परेको छ । हेटौंडा–४, नारायणी मलमा रहेको एनएस सिनेमा चैतदेखि बन्द छ । कोरोना महामारी फैलिएकै कारण बन्द रहेको हलमा हाल मुसाले दुःख दिन थालेको छ । हलभित्र उज्यालो हुन नपाएको र सुनसान रहेका कारण मुसाले त्यहाँ रजाइँ गर्न थालेको छ । हलका करिब ३५ देखि ४० वटा सिट मुसाले टोकेर काम नलाग्ने अवस्थामा पुर्याएको छ ।

हल सञ्चालक नवराज आचार्य भन्छन्– ‘दुई ठाउँमा हल सञ्चालन हुँदै आएको थियो, जसमा अडियो वानमा एक सय ५० र अडियो टुमा दुई सय ५० सिट छन् । हाल ती सिट र कार्पेटमा मुसा लाग्न थालेपछि चिन्तित बनाएको छ ।’ प्रतिसिट करिब २० हजार मूल्य पर्ने उनले बताए । त्यहीअनुसार मुसाले सिट काट्दै जाने हो भने भौतिक संरचनामा मात्र लाखौं घाटा हुने आचार्यले गुनासो पोखे । मकवानपुरे दर्शकको अर्को लोकप्रिय हल ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जन भन्छन्– ‘हलमा मुसाले दुःख दिइरहेको छ । करिब ३ सय सिट नै मुसाले नष्ट गर्ने हो कि भन्ने चिन्ता छ ।’ ‘कार्पेट र सिटमा मुसाको रजाइँ थामिनसक्नु छ।’ –उनी भन्छन् । अब पनि सञ्चालन नभए फिल्म क्षेत्रदेखि सञ्चालकहरु उँभो लाग्न निकै समय लाग्ने निश्चित रहेको बताउछन् । स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै अन्य क्षेत्रजस्तै हल सञ्चालनमा आओस् भन्ने चाहना राख्ने सरोकारवाला पक्ष यतिबेला सरकारी निर्णयको पर्खाइमा छ । स्वास्थ्य सुरक्षा मापदण्ड तोकेर सञ्चालन अनुमति दिन उनीहरुले सरकारसँग अनुरोध गरेका छन् ।

हल सुरक्षित छ भन्ने सन्देश जानु जरुरी रहेको एनएस सञ्चालक आचार्यले बताए। ‘अब पनि नखोले बैंकको किस्ता तिर्नुपर्ने हल सदाका लागि बन्द हुन बेर लाग्दैन । यसले कयौं जनशक्तिलाई थप मर्कामा पार्नेछ।’ –उनले भने । भन्छन्– ‘विद्युत् महसुलमा जरिवाना देख्दा निकै नै दुःख लागेको छ ।’ यतिबेला आम्दानी छैन, त्यसमाथि विद्युत्ले कारबाहीसहित महसुल मागेको आचार्यले गुनासो गरे । पुरानो हल ओम हल २०७५ साल साउनमा आगलागी भएको थियो । २०७६ वैशाखमा नयाँ प्रविधिसाथ हल पुनर्संञ्चालनमा आएको थियो । आगलागीबाट तीन करोड नोक्सान भएको थियो भने नयाँ प्रविधिसहित ल्याउँदा तीन करोडकै लगानीमा पुनर्संञ्चालनमा आएको सञ्चालक महर्जनले जानकारी गराए । कोरोनाको कहरबीच सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा फिल्म क्षेत्रका समस्या सम्बोधन हुन सकेन । यस क्षेत्र कोरोनाबाट अतिप्रभावित क्षेत्रको सूचीमा पनि परेन । तर यस क्षेत्रका निर्देशक, कलाकार तथा हल सञ्चालकको पीडा भने बढ्दो छ ।

यतिबेला नेपालका चलचित्रप्रेमीहरुले ‘फन मिस’ गरेका छन् । रिफ्रेसमेन्टको माध्यम नै छैन । हलको वातावरण नपाए पनि घरमा टिभी हेरेर समय बिताइरहेका छन् उनीहरु । हुनत युट्युब नभएको हैन, तर युट्युबबाट घरमै फिल्म हेर्दा दर्शकलाई न क्वालिटीयुक्त लागेको छ, न त हलमा जस्तो आवाज नै दमदार । दर्शकहरु कोरोना हटेर फेरि भीडसाथ फिल्म हेर्न जाने दिनको प्रतीक्षामा छन् । ‘सेनिटाइज गरी, ज्वरो नापेर ४० प्रतिशतमात्र दर्शक राखेर सिनेमा हल खोल्न पाउने वातावरण भए हुन्थयो।’ –सिनेमा हल सञ्चालक भन्छन् । नेपाल समाचारपत्र दैनिक