२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा

अपराधी समात्न ‘हेलमेट’ काफी

अपराधी समात्न ‘हेलमेट’ काफी
अ अ+ अ-

काठमाडौं । कुनै पनि अपराध कर्ममा संलग्न अपराधी सकेसम्म घटनाको ‘क्लु’ प्रहरीले फेला नपारोस् भन्ने ठानेर अपराध गर्दा अनेक जुक्ति लगाउँछन् । तर, नेपाल प्रहरी अपवादबाहेकका घटनाको अनुसन्धानमा अपराधी नजिक पुगेको पाइन्छ । भक्तपुरको सुडालमा गत २१ असोजमा त्यस्तै एउटा घटना भयो । जहाँ प्रहरीलाई घटनाको ‘क्लु’ पत्ता लगाउन र अपराधी समात्न एउटा पसलमा भेटिएको हेलमेट काफी भयो ।घटना गत बुधबारको हो । साँझ चार बजेको छ । भक्तपुरका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन चाँगुनारायण नगरपालिका–८ सुडालस्थित आफ्नै पसलमा बसिरहेका छन् । दुई युवा जग्गा खोज्दै चन्द्रबहादुर नजिक पुग्छन् र जग्गाको कारोबारमा संलग्न रहेकाs ती युवालाई जग्गा देखाउन चन्द्रबहादुर उनीहरूसँगै हिँड्छन् । जग्गा देखाउने क्रममा उनीहरूबीच विवाद सुरु हुन्छ । एउटै जग्गा धेरैलाई देखाएको भन्दै एकाएक चन्द्रबहादुमाथि कुटपिट गरिन्छ । चन्द्रबहादुर त्यही ढल्छन् र ती दुई युवा उनले लगाएका सुनका गरगहना लुटेर हिँड्छन् ।

स्थानीयले घाइते अवस्थामा देखेपछि चन्द्रबहादुरलाई मध्यपुर अस्पतालसम्म पु¥याउँछन् । त्यहाँ उपचार नभएपछि उनलाई अन्यत्र रिफर गरिन्छ । तर चन्द्रबहादुर बाँच्दैनन् । उनको निधन भएको अस्पतालले पुष्टि गर्छ । घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीलाई चिनजानका व्यक्तिको संलग्नता नदेखिएपछि घटनामा संलग्नहरूको पुष्टि गर्न हम्मेहम्मे पर्छ । प्रहरीले सीसीटीभी फुटेज र फोन रेकर्डसमेत खोज्छ । तर, घटना स्थलमा सीसीटीभी र संलग्न व्यक्तिको फोन रेकर्ड भेटिँदैन । ‘क्लु’ भेट्नै प्रहरीलाई मुस्किल पर्छ । त्यत्तिकैमा पसलमा ‘रक्स’ लेखिएको हेलमेट प्रहरीको नजरमा पर्छ । जुन प्रहरीका लागि अनुसन्धान ‘क्लु’ साबित हुन्छ । त्यही हेलमेट क्लुबाट प्रहरी सीसीटीभी फुटेज खोज्न थाल्दछ अनि भेटिन्छन् सिन्धुपाल्चोकका २३ वर्षीय रमेश तामाङ र रामेछापका २७ वर्षीय प्रेम तामाङ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापाले आफन्तलाई जग्गा आवश्यक परेको भन्दै ती युवा जग्गा हेर्न पुगेको घटनाको अनुसन्धानका क्रममा देखिएको बताए । उनले सो जग्गा पहिले नै सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामाले बैना लिएर पास नगरी ठगेको भनेपछि ती युवा थर्काउन भन्दै त्यहाँ पुगेको पाइएको जानकारी दिए । सो क्रममा एउटै जग्गा धेरैलाई देखाएको भन्दै चन्द्रबहादुरमाथि हातपात भएको पाइएको हो । प्रहरीले कामी लामालाई पनि पक्राउ गरेको छ । ‘पसलमा राखेको रक्स लेखेको हेलमेटमा नजर प(यो, त्यही हेलमेटको क्लुबाट केही पर सीसीटीभी फुटेज भेटियो । मोटरसाइकललाई अनुसन्धान गर्दै जाँदा अभियुक्त पक्राउ परे,’ महाशाखाका प्रमुख थापाले भने । महाशाखाका एसपी ईश्वर कार्कीले उनी घाइते भएपछि उनले लगाएका दुई तोलाको सुनको ब्रास्लेट र मोबाइल लुटेर ती युवा भागेको अनुसन्धानका क्रममा देखिएको जानकारी दिए ।

सो क्रममा घाइते अवस्थामा रहेका चन्द्रबहादुरलाई स्थानीयले अस्पताल पुर्याएको र सो क्रममा उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा २२ असोजमा मृत्यु भएको प्रहरी बताउँछ । चिकित्सकहरूले रिपोर्टमा आन्द्रामा रक्तसञ्चार गर्ने नसा फुटेपछि रक्तस्रावका कारण लामाको मृत्यु भएको भनेको प्रहरीले बताएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार चन्द्रबहादुरलाई कुटपिट गर्ने योजना भने १८ असोजकै हो । तर त्यसबखत पसलमा भीड भएका कारण उनीहरू सो दिन फर्किएको पाइएको छ । दोस्रो पटक भने उनीहरूले २१ असोजमा योजनाअनुसार नै उनलाई भेटेको तर हत्या गर्ने योजना नभएको पक्राउ परेका व्यक्तिले प्रहरीसमक्ष बयानमा भनेका छन् । घटनामा प्रयोग गरिएको बा९६प ७११४ नम्बरको एनएस २०० पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हेलमेटमा लेखिएको रक्स शब्दका कारण घटनामा संलग्न व्यक्ति पक्राउ परेको भन्दै अपरेसनको नाम पनि ‘रक्स’ राखेको छ । पक्राउ परेका तीनै जानालाई महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेका युवाहरू अन्य अपराधमा पनि संलग्न हुन सक्ने बताएको छ । उनीहरूले निश्चित रकम लिएर डुबेको रकम उठाउने गरेको पाइएको प्रहरी अधिकारी बताउँछन् । राजधानी दैनिक