२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

म्याद नाघेको खाद्यवस्तु पुनः रिलेबलिङ गर्ने बलयकोटी पक्राउ

म्याद नाघेको खाद्यवस्तु पुनः रिलेबलिङ गर्ने बलयकोटी पक्राउ
अ अ+ अ-

काठमाडौं । बालबालिकाको स्वास्थ्यमा खेलवाड गर्दै म्याद नाघेको खाद्यवस्तु पुनः रिलेबलिङ ९नयाँमिति टाँस्ने० गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । फरार रहेका धादिङ घर भएका शंकर बलयकोटी पक्राउ गरेका हुन् । अखाद्य भइसकेको वस्तुलाई पनि पुनः नयाँ मिति टाँस गरेर उपभोक्ताको स्वास्थ्यमाथि खलेवाड गर्दै विशाल ग्रुपमार्फत आयात हुने चकलेट, बिस्कुट, आलु चिप्सजस्ता बालबालिकाका लागि प्रिय वस्तु म्याद सकिए पनि बजारमा छ्यापछ्यापती पाइने गरेका छन् । विशाल गु्रपकै मिलेमतोमा गैरकानुनी रुपमा अखाद्यवस्तु बजारमा पठाउने गरेको पक्राउ परेका आयन इन्टरनेश्नल र एमेजन डिस्ट्रिब्युटर्स नामक वितरक समूहका प्रमुख बताउने रोनक ब्रोथ्राले स्वीकार गरेको बताइएको छ । रोनक ब्रोथ्राका अनुसार उनले दुई वर्षदेखि रिलेबलिङ गर्ने काम गर्दै आएका हुन् ।

अवैध काम गरेको प्रमाणसहित महानगरीय अपराध महाशाखाले कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने कानुनी अडचनका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरेर संयुक्त कारबाही चलाइएको थियो । म्याद सकिएको खाद्यवस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा एक थान मेशिनसहित संयुक्त टोलीले ८ जनालाई रंगेहात पक्राउ गरेको थियो । पक्राउ परेकामा आयन इन्टरनेसनल र एमेजन डिस्ट्रिब्युटर्स नामक वितरक समूहका प्रमुख बताउने रोनक ब्रोथ्रालाई थुनिएको छ । आठ जनामध्ये सात जनालाई छोडिसकिएको छ । उनीहरुलाई वाणिज्य विभागले सामान्य तारेखमा रिहा गरेको हो । बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने खाद्यवस्तुमा खेलबाड गरेको पाइएपछि विभागले रोनक ब्रोथ्रालाई म्याद थपेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अनुसन्धानको क्रममा सोमबार शंकर बयलकाटी पनि पक्राउ परेका छन् ।

विभागका अनुसार ९५ करोड रुपियाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुसहितको गोदाम सिल गरिएको छ । म्याद सकिएका ओरियो बिस्कुटसहित बर्नभिटा, हर्लिक्स, स्निकर्स चकलेट, प्रिंगलेस चिप्स, ट्याङ जुस लगायतका दर्जनौं उत्पादन फेला पारेपछि उपभोक्ता नै त्रसित बनेका छन् । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री–वितरण गर्नेलाई कालोबजारअन्तर्गत सामाजिक ऐन–३०३२, उपभोक्ता संरक्षण ऐन–२०७५ र खाद्य ऐन २०२३ अनुसार कारबाही हुने प्रावधान छ । विभागले भने हाल पक्राउ परेकाहरुलाई उपभोक्ता संरक्षण ऐनअन्तर्गत कारबाहीप्रक्रिया अगाडि बढाएको छ । उपभोक्ता संरक्षण ऐनअन्तर्गत ५ वर्षसम्म जेल सजाय हुने प्रावधान रहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रिलेबलिङ गर्ने कार्यमा रंगेहात पक्राउ परेकालाई वाणिज्य विभागले कारबाही प्रक्रिया अगाडि बढाइरहेको बताए । उनले नेपाल भने– ‘कोलो बजारी ऐनअन्तर्गत मुद्दा दर्ता भएको भए जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउने थियो, विभागले उपभोक्ता संरक्षण ऐनअन्गर्तत कारबाही अगाडि बढाएको छ।’

बालबालिकालाई विष सेवन गराउने कार्यमा संलग्न जो कोहीलाई पनि कडाभन्दा कडा कारबाही हुनुपर्ने पक्षमा आफू रहेको उनले बताए । प्रजिअ दाहालले भने– ‘म्याद गुज्रिएको खाद्यवस्तु नष्ट गर्नुपर्छ, अहिले सिल गरेर राखिएको गोदाममा प्रक्रिया पूरा भएपछि नष्ट गरिन्छ ।’ मिति सकिएको सामानलाई केमिकलले मेटाएर मेसिनमार्फत नयाँ लेबल लगाउने कार्यमा पक्राउ परेका बोथ्रा र बयलकोटीबाहेक अन्यलाई भने विभागले सामान्य तारेखमा रिहा गरिसकेको छ । वाणिज्य विभागका महानिर्देशक नेत्र सुवेदीले अवैध काममा संलग्न भएका व्यक्तिहरुमाथि गम्भीर ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।

उनले नेपाल भने– ‘गैरकानुनी काम गर्ने व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छांै, निकै सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ, गलत काम गर्नेमाथि कानुनअनुसार हदैसम्मको सजाय हुन्छ ।’ ‘अहिले कुन गु्रपसँग भन्ने विषयमा भन्दा पनि अवधै कार्यमा कोको संलग्न छन् भन्ने विषयमा विभागले गहिरो ढंगले अनुसन्धान गरिरहेको छ, उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जोकोहीलाई पनि कानुनअनुसार कारबाही गर्छौं।’ –दाहालले भने । पैसाले राजनीतिक शक्तिलाई खरिद गरेपछि प्रशासक र प्रहरी पनि निरीह बन्दा रहेछन् भन्ने प्रमाण यो घटना भएको छ । प्रहरीले १४ दिन लगाएर रंगेहात पक्राउ गरेका अभियुक्तलाई कारबाही नगरी छोडेका कारण इमानदारीका साथ कार्य गर्ने पक्ष निरास बनेको छ । ८ जना पक्राउ परेकोमा ७ जनालाई एक करोड धरौटी लिएर छोड्नु आफैमा पैसाको शक्तिप्रदर्शन हो । फेसबुक, लिङ्क्डइनलगायतबाट रोनक ब्रोथ्रा, जितु अग्रवाल विशाल ग्रुपसँग आबद्ध रहेको प्रमाणित भइसकेको छ । उनीहरु आफैले आफूलाई विशाल ग्रुपको अंग भएको खुलासा गरेका छन् । तर, वाणिज्य विभागले ठूलो माछा छोडेर सानो माछाको पछि लाग्ने काम गरेको छ ।

पक्राउ परेकी पुष्पादेवी अग्रवाल जितु अग्रवालकी आमा छन् । आयान डिस्ट्रिब्युटर्स दर्ता गर्दा आमाको नाममा दर्ता गरेको देखिन्छ । जितु अग्रवाल लाइफ केयर डिस्ट्रिब्युटर्स र एमेजन डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक छन्। विशेष स्रोतका अनुसार यस काममा विशाल ग्रुपको युनाइटेड डिस्ट्रिब्युटर्स कम्पनीबाट विशाल ग्रुपको कम्पनी युनाइटेड डिस्ट्रिब्युटर्सको अध्यक्ष अनुज अग्रवाल र युनाइटेड डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक विवेक अग्रवालले एमेजन डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक जितु अग्रवालमार्फत वितरणको काम गराउँछन् । जितु अग्रवालले एमेजन डिस्ट्रिब्युटर्स तथा आयान डिस्ट्रिब्युटर्सका कर्मचारीलाई रोनक बोथ्रामार्फत रिलेबलिङको काम गराएको पनि सोही स्रोतले जनाएको छ । नेपाल समाचारपत्र दैनिक