२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

गोर्खा ब्रुअरीद्वारा उत्पादित अधिकांश बियर गुुणस्तरहीन

गोर्खा ब्रुअरीद्वारा उत्पादित अधिकांश बियर गुुणस्तरहीन
अ अ+ अ-

काठमाडौं । गोर्खा बु्रअरीले मापदण्ड नपु(याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरिएको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । ती बियर मापदण्डविपरीत र स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले बियरका रूपमा बजारमा बिक्री वितरण गर्नसमेत रोक लगाएको छ । विभागले वर्गीकरणमार्फत ती बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीको मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्न थालेकाले कडा कारबाही गर्नुपर्ने माग आम उपभोक्ताको छ । उपभोक्ताले गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन समेत सरकारसँग माग गरेका छन् । बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ तर गोर्खा ब्रुुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागका अधिकारीले बताएका छन् । गोर्खा ब्रुअरीले उत्पादन गरेका काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगमा सचेतता अपनाउनसमेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई छक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी हो । हामी गम्भीर रूपमा छानबिन गरिरहेका छौं,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले राजधानीसँग भने । विभागका ती अधिकारीका अनुसार गोर्खा ब्रुुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरवाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने ठहर गरिएको छ । उसले अहिले कानुनी रूपमा बच्न विभिन्न बहानाबाजी गरिरहेको छ तर उम्कन सक्ने अवस्था भने नरहेको विभागका अधिकारीको भनाइ छ । लकडाउनका बेला अनुुगमन नहुने र दसैंको समयमा अकुुत रूपमा नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि खेलबाड गरेको एक विज्ञले बताए । अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ ।

आन्तरिक राजस्व विभागले एक हप्ता कम्पनी नै बन्द गराएर अध्ययन गरेपछि गोर्खा बु्रअरीको बदमासी सार्वजनिक भएको हो । मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको छ । आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रुुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ । विभागका उपमहानिर्देशक शिवादेवी दाहालले माल्ट ५० प्रतिशतभन्दा कम भएपछि ऐनकोे २२०६।००।९० अनुसार प्रतिलिटर ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने बताइन् । गोर्खा ब्रुुअरीका केही ब्रान्डमा समस्या रहेमा सोहीअनुुरूप कारबाही हुने उनले जानकारी दिइन् । विभागले सबै कार्यालयलाई सोहीअनुसार गर्न परिपत्र गरेको उपमहानिर्देशक दाहालले बताइन् । बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्नुपर्ने गोर्खा ब्रुुअरीलाई निर्देशनसमेत दिएको हो । विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन ।

ठगी गर्दै उल्टै दबाब दिँदै
गोर्खा ब्रुुअरीले विभागले कायम गरेको अन्तःशुल्क तिर्न आनाकानी गरेपछि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा लान दिइएको छैन । कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिँदै आएको छ । आन्तरिक राजस्व विभागका एक निर्देशकले गोर्खा बु्रअरीको उत्पादनमा कनिकाको मात्रा बढी भएको विषयमा गरिने थप कारबाहीका बारेमा भन्सार विभागसँग समेत छलफल थालेको छ ।

हार्मोनियम कोडसम्बन्धी बढी जानकारी भन्सारलाई थाहा हुने भएकाले भन्सार विभागसँग छलफल थालिएको हो । विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ । यही विषयमा थप अनुसन्धान गर्नका लागि दुवै विभागले छलफलसमेत गरिरहेका छन् ।

१० मध्ये गोर्खा बु्रअरीको उत्पादनमा मात्रै कैफियत
आन्तरिक राजस्व विभागले गोर्खा ब्रुुअरी, माउन्ट एभरेस्ट ब्रुुअरी, हिमालयन ब्रुुअरी, यती ब्रुुअरी, शेर्पा बु्रअरी, सिजी ब्रुुअरी, नेपाल ब्रुुअरी, टाइगर ब्रुुअरी, याक ब्रुुअरी, राज ब्रुुअरी लगायतका १० वटा कम्पनीका उत्पादनको गुणस्तर परीक्षण गरेको थियो । अरू नौवटा कम्पनीका उत्पादन ठीक भए पनि गोर्खा ब्रुुअरीको बियरमा आवश्यक पर्ने प्रशोधित जौको मात्रा थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग गरिएको देखिएको परीक्षणका संलग्न विभागका एक अधिकृतले बताए । जौभन्दा कनिका सस्तो पर्ने भएकाले गोर्खा बु्रअरीले लोकल रक्सीमा जस्तै कनिकाको मात्रा बढी प्रयोग गरी बियरका पारखीको स्वास्थ्यमा खेलबाड गरेको उनले बताए । गोर्खा ब्रुुअरीले उत्पादन गर्दै आएको चर्चित बियर टुबोर्ग, काल्सबर्ग र सानमिगल नै सबैभन्दा कमसल रहेको विभागले उल्लेख गरेको छ ।

आन्तरिक राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो । सोहीअनुसार भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ को व्यवस्थाअनुसार गोर्खा ब्रुुअरीको बियरलाई ‘अन्य’मा वर्गीकरण गरेको बताइएको छ । यसले गर्दा प्रतिलिटर १६५ रुपैयाँको सट्टा अन्य प्रकारको मदिराको दर्जा दिई ४३० रुपैयाँ कायम गर्न खोजिएको हो । ‘अन्य’ संकेतलाई न्यून गुणस्तरको पेय पदार्थ मानिन्छ । उक्त वर्गीकरणअनुसार नै आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय कावासोतीलाई पत्र लेखी टुबोर्ग, काल्सबर्ग र सानमिगललाई उच्च दरमा अल्कोहल मिश्रित मदिरासरह अन्तःशुल्क लगाउन निर्देशन दिएको हो ।

सात दिन रोकिएको थियो उत्पादन
कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेर गत आइतबारबाट उत्पादन पुनः सुचारु गरेको बताइएको छ । भन्सार विभागले गोर्खा ब्रुुअरीका बियर अन्य शीर्षकमा वर्गीकरण गर्न र तोकिएअनुसार जौबाट बनेको बियरको तुलनामा तीन गुणा धेरै करको दर कायम गर्न सिफारिस गरेको छ । त्यसैअनुसार कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेको थियो । कम्पनीले आइतबारबाट उत्पादन निरन्तरता दिएको राजस्व कार्यालय कावासोतीले जनाएको छ । बियर उद्योगमा राजस्वले अन्तःशुल्क अधिकारी खटाएको हुन्छ ।

आन्तरिक राजस्व विभागले १६ असोजमा आन्तरिक राजस्व कार्यालय कावासोती नवलपुरलाई पत्र पठाउँदै कम्पनीबाट उत्पादन हुने बियरमा जौको मात्रा कम भएको भन्दै कमसल बियरमा वर्गीकरण गरिदिएको थियो । विभागले वर्गीकरण पठाएसँगै कार्यालयले उच्च दरको अन्तःशुल्क दर तय गरेको थियो ।

झुक्याउँदै थप ठगी गर्ने प्रयास
नयाँ अन्तःशुल्क दर कायम भएपछि गोर्खा ब्रुुअरीका केही उत्पादन थन्क्याएर अन्यलाई भने बजारमा पठाएर झुक्याउन खोजिएको छ । गोर्खा ब्रुअरीले सर्वसाधारणलाई ठगी गर्नकै लागि यसरी झुक्याउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका अधिकारी थप संवेदनशील बनेका छन् । अहिले उसले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ । आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, सामानको स्टक र बजार पठाउन बाँकी बियरको स्टक लिन पनि भनिसकेको छ । राजधानी दैनिक