२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ । कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरुलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमवार एक समारोहका बीच पोर्टल सार्वजनिक गरेको हो ।

कार्यक्रमकाबीच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्व र उपयोगिताबारे जानकारी दिनुभयो ।

उहाँले कार्यालयले उत्पादन गरेका तथ्याङ्कहरुलाई थप उपयोगमैत्री बनाउन र प्रयोगकर्ताको सहज पहुँचका लागि पोर्टल सञ्चालनमा ल्याइएको बताउनु भयो । उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्याङ्कको केन्द्रिय निकाय भएको उल्लेख गर्दै कार्यालयले सार्वजनिक गर्ने तथ्याङ्क सत्य र वस्तुनिष्ठ हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्यांकको केन्द्रिय निकाय हो । यस कार्यालयले लामो समयदेखि विभिन्न किसिमका तथ्यांकहरु उत्पादन गर्दै आएको छ । आर्थिक सामाजिक वातारणीय लगायतका तथ्यांकहरु सार्वजनिक गर्दै आएको छ । तथ्यांकको महत्व तब मात्र हुन्छ जब यसको प्रयोग गरिन्छ । प्रयोग भएन भने त्यो तथ्यांक उत्पादनका लागि मात्र उत्पादन गरिन्छ । त्यसैले हामीले तथ्यांकको प्रयोगलाई बढाउनुपर्छ भन्ने मुख्य उद्देश्यले हामीले उत्पादन गरेका तथ्यांकहरु प्रयोगकर्ताहरु समक्ष सहज ढंगले पुगोस् भनेर यो पोर्टलको विकास गरिएको हो । पहिले पहिले रिपोर्टहरु पिडिएफ र एक्सेलमा राख्ने गरेका थियौं । त्यसमा सबैको पहुँच थिएन । त्यसैले पोर्टलको निर्माण गरेका हौं ।’

पोर्टलमा कार्यालयले उत्पादन गर्ने आर्थिक तथा सामाजिक क्षेत्रका तथ्याङ्कहरु सार्वजनिक गरिने उहाँले बताउनु भयो ।