काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष थापाको स्वास्थ्य अवस्था सामान्य रहेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बुधबार टाउको दुखेपछि थापाले परिक्षण गराउनु भएको थियो । थापा हाल होम आइसोलेसन रहनु भएको छ ।
उहाले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहर्न आग्रह गर्नुभएको छ ।