२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

लाखौं रुपैयाँ बराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारीमा अख्तियार

लाखौं रुपैयाँ बराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारीमा अख्तियार
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ । हुम्ला, जुम्ला, बाजुरालगायतका विकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो । कम्पनीका कर्मचारीको चरम लापरवाहीका कारण गोदाममै ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको थियो । ३ मंसिर २०७६ मा चामल कुहिएको समाचार राजधानीले प्रकाशित गरेपछि अख्तियारले छानबिन सुरु गरेको थियो । तर, पछिल्ला दिनमा भने अख्तियार स्वयं नै आरोपित कर्मचारीलाई उन्मुक्ति दिन क्रियाशील भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार १० महिना लामो अनुसन्धानपछि चामल कुहाउने कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायरको तयारी भइरहेको बेला अख्तियार आफैं पछि हटेको छ । स्रोतका अनुसार अख्तियारले लाखौंको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामलको गुणस्तर परीक्षण गरी खानयोग्य नभएको प्रमाणित गरिसकेको चामललाई पुनः खाद्य कम्पनीलाई केही प्यारामिटर परिक्षण गरी ल्याउन भनेको छ । सो गोदामको चामल खान योग्न नभएको भन्दै १ पुस २०७६ मै ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कसमेत भइसकेको छ । सो चामल नष्ट गर्नुबाहेक विल्कप नरहेको अवस्थामा अख्तियारले कम्पनीका कर्मचारीलाई कारबाही हुनबाट बचाउन विभिन्न खेल खेलिरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार गोदाममा कुहिएको चामल नष्ट गर्दा कर्मचारीले सो चामलको क्षतिपूर्ति तिर्नु नपर्ने हुँदा कम्पनीका कर्मचारी र अनुसन्धानमा खटिएका अख्तियारका कर्मचारी सो मुद्दालाई ढाकछोप गर्न लागिपरेका हुन् । गोदामको चामल पूरै नष्ट गर्नुपर्दा लापरवाही गर्ने कर्मचारीले कम्पनीको गोदाममा कुहिएको चामलको ४० लाख ४३ हजार ९२६ रुपैयाँ क्षतिपुर्ति तिर्नु पर्नेछ । सो क्षतिपूर्ति तिर्नबाट बच्न खाद्यका कर्मचारीले अख्तियार कर्मचारीलाई प्रभावमा पारेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुगमन महाशाखा निर्देशक किशोर खत्रीले सिलबन्दी गरेको गोदामबाट चामल लिएर खाद्य कम्पनी एक्लैले चामल परीक्षण गर्न नमिल्ने बताए । उनले भने, ‘गोदाममा कुहिएको चामल १० वटा नमुना चेकजाँच गरेर खान योग्य नभएको प्रमाणित गरी विभागले अख्तियारलाई १० पुस २०७६ मै रिपोर्ट बुझाइसकेको छ । १० वटा नमुना फेल भइसकेको चामललाई फेरि पनि गुणस्तर चेकजाँच गर्नुको कुनै औचित्य छैन । यदि अख्तियारले अदालतमा पेस गर्न चामलको गुणस्तर चेक गर्न लागेको हो भने कम्पनी एक्लैको सहभागितामा लिएको नमुना चेकजाँचको अर्थ छैन ।’ उनले फेरि चामलको गुणस्तर चेक जाँच गर्नु नै पर्ने हो भने सबैको रोहवरमा गर्नुपर्ने बताए । कम्पनीका अनुसार आर्थिक वर्ष २०७२(७३ मा जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४८७ क्विन्टल २२ किलो बास्मती चामल कुहिएको हो ।

धान किन्दा र कुटाउँदासम्म कम्पनीको लागत प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो तीन रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ हुन पुगेको थियो । कम्पनीले निजी व्यापारी जस्तै उपभोक्ताबाट बढी नाफा असुल्नका लागि चामलको प्रतिकिलो १३० रुपैयाँ मूल्य निर्धारण गरेको स्रोतको दाबी छ । कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था आउने थिएन । कम्पनीले २०७२/७३ मा बिक्री गरेको प्रतिकिलो १३० रुपैयाँका दरले हिसाब गर्ने हो भने हाल थापाथली गोदाममा ६३ लाख ३३ हजार ८६० मूल्यको चामल कुहिएको स्रोतको भनाइ छ । थापाथलीस्थित गोदाम नम्बर २४ मा ३२३ दशमलव १७ क्विन्टल र ३० नम्बर गोदाममा १६४ दशमलव शून्य ५ क्विन्टल बास्मती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९२६ रुपैयाँको चामल गोदामै कुहिएको छ । राजधानी दैनिक