२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र



अ+ अ-

काठमाडौँ । जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा (एमाले)ले अस्वीकार गरेको छ ।

आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता गरेको हो ।

एमालेले गरेको जागरण सभा नसकिँदै मेयर बालेन शाहले १ लाख जरिवाना तिराएको पत्र सार्वजनिक गरेका थिए । तर, एमालेले भने फोहोर सफा गरिरहेको बेला जरिवानाको पत्र थमाएको भन्दै आपत्ति जनाएको छ । एमालेले बालेन एमालेमाथि परिचालित भएको आरोप लगाउँदै जरिवाना नतिर्ने घोषणा गरिसकेको छ ।

महानगरपालिकाले भने फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको जनाएको छ ।