३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौंको दशैं घरमा ​​​​​भित्र्याइयो फूलपाती, हेरौं यी तस्बिर

काठमाडौंको दशैं घरमा ​​​​​भित्र्याइयो फूलपाती, हेरौं यी तस्बिर
अ+ अ-

काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फुलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । 

काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ । लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो । 

दशैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिशेक गरिएको थियो । नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ । 

दशैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । दशैंघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष समान्य रुपमा सम्पन्न गरेको छ ।