१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

नीतिगत भ्रष्टाचार नियन्त्रण हुनेगरी कडा कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड

नीतिगत भ्रष्टाचार नियन्त्रण हुनेगरी कडा कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमवार बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी लगायतका सांसदहरुले नीतिगत भ्रष्टाचार हुनेगरी मन्त्रीपरिषदले गर्ने निर्णय समेत रोक्ने गरी नीतिगत भष्टाचार नियन्त्रणका लागि बलियो कानून बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

काँग्रेस सांसद केसीले मुलुकलाई व्रह्मलुट हुनबाट जोगाउन पनि नीतिगत भ्रष्टाचार हुन नपाउने गरी कडा कानून बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मन्त्रीपरिषद्बाट हुने नीतिगत निर्णयले पनि भ्रष्टाचारलाई बढावा दिएको सयौँ उदाहरण रहेकाले त्यसलाई नियन्त्रण हुनेगरी स्पष्ट रुपमा कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

सांसद केसीले भन्नुभयो, ‘यो नीतिगत निर्णयको नाममा हुने भ्रष्टाचारलाई रोक्न सकिएन भने जस्तो प्लेन खरिदका कुराहरु भनौ वा चाहे ललिता निवास प्रकरणका कुरा भन्नुस् । सम्बन्धित मन्त्री र मन्त्रालयले गर्ने कुरालाई सोधै क्याविनेटमा लिएर गएर क्याविनेटमार्फत डिसिजन गरेर त्यो नीतिगत निर्णय भन्ने आधारमा त्यसलाई कारबाही नगर्ने खालको जुन अवस्था छ । त्यसलाई हटाउनु पर्दछ । संघीय संसद, प्रदेश सभा वा सो अन्तर्गतका समितिको बैठकमा भएको काम, कारबाही वा निर्णय वा त्यस्तो बैठकमा कुनै सदस्यले बोलेको वा गरेका कुनै काम, कुराको सम्बन्धमा वा नेपाल सरकार मन्त्रीपरिषद् वा सोको कुनै समितिले वा प्रदेश सरकार मन्त्रीपरिषद् वा सोको कुनैपनि समितिले गरेका नीतिगत निर्णय अदालतले हेर्न नपाउने । यो के हो ? हिजो केन्द्रिय सरकारले मात्रै नीतिगत निर्णय भनेर लुट ग¥यो । त्यस्ता लुटका सयौं इम्ज्याम्पलहरु छन् । अब यो प्रदेश सरकार र त्यसको समितिमा समेत हुने निर्णय अदालतमा प्रश्न उठाउन नपाउने भन्ने जुन व्यवस्था छ । यसलाई हटाउनु पर्दछ । नीतिगत निर्णयलाई अख्तियारले छुन नपाउने नाममा जुन खालको भ्रष्टाचार भएको छ । त्यसलाई नियन्त्रण गर्न सरकार र संसदीय समिति गम्भिर हुनुपर्दछ ।’

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले दोषीलाई जोगाउने नियतका साथ कसुर लगाउन नहुने गरी स्पष्ट कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद कुँवरले वदनियतपूर्ण ढंगले कसैमाथि पनि अभियोग लगाउन नपाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनु पनि सरकारलाई दबाब दिनुभयो ।

सांसद कुँवरले भन्नुभयो, ‘यो संस्थालाई शक्ति सम्पन्न पनि बनाइनुपर्दछ । अर्को यसलाई एकदम निष्पक्ष र स्वतन्त्र पनि बनाइनुपर्दछ । यति गर्न सकियोभने यसका काम कारबाहीहरु अझै प्रभावकारी हुन सक्छन् भन्ने मलाई लागेको छ । स्थानीय तहमा पनि भ्रष्टाचार संस्थागत भइरहेको छ । भ्रष्टचार एउटा संस्कृति नै हुन लागेको छ । यसलाई कसरी हटाउने रु भन्ने उद्देश्यले यो ल्याएको हुनुपर्दछ । तर त्यसलाई नियन्त्रण गर्ने अरु अरु पनि निकाय भएको हुनाले स्थानीय तहसम्म जान सकिन्छ कि सकिँदैन रु अहिलेसम्म भएका भ्रष्टाचारका मुद्दाहरुलाई कति केलाउन सकिएको छ, अनुसन्धान गर्न सकिएको छ रु थप साना—साना कुराहरु पनि यसमा समावेश गरियो भने त्यसले समस्या ल्याउला भन्ने हामीलाई लागेको छ । कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारीले निर्दोष निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले वदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुँदैन भन्नेकुरा ऐनमा नै उल्लेख गर्न उपयुक्त हुन्छ । ‘

सांसद कुँवरले अख्तियार दुरुपयोग अनुसन्धानको कार्य क्षेत्र बिस्तार गर्ने भन्दा पनि त्यसको कामलाई अझै प्रभावकारी बनाउने विषयमा ध्यान दिनुपर्ने पनि बताउनु भयो ।