१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

पाकिस्तानका प्रधानमन्त्रीसँग राजदूत अधिकारीको बिदाइ भेट

पाकिस्तानका प्रधानमन्त्रीसँग राजदूत अधिकारीको बिदाइ भेट
अ अ+ अ-

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुने क्रममा राजदूत अधिकारीले इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिदाइ भेट गर्नुभएको हो ।

त्यस अवसरमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध, दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)मार्फत क्षेत्रीय सहकार्यलगायतका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

पाकिस्तानीका प्रधानमन्त्री सरिफले राजदूत अधिकारीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुद भएको उल्लेख गर्दै अधिकारीको आगामी कार्यकाल सुखद् होस् भनी कामना गर्नुभएको थियो ।

त्यस अवसरमा पास्तिानका उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री मुहम्मद इशक दर, प्रधानमन्त्री सरिफका परराष्ट्र मामिलासम्बन्धी विशेष सहायक  तारिक फतेमी, पाकिस्तानका परराष्ट्र सचिव अमना बोलाचका साथै नेपाली दूतावास उपप्रमुख मिसन लोकबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।