१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्नेकुराको मूल्यांकन गरी सय वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनु भयो । उहाँले दिगो विकास गर्ने भइसकेपछि वन जंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ रु भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई दिनुपर्ने बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताउनु भयो । शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्नेकुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल (हाम्रो देश) खास गरी प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देशमा पर्छ । समय समयमा भूकम्प आइरहने भूकम्पको कारणले बस्तीहरु, बाटोघाटोहरु विभिन्न प्रकोपहरु पनि बढ्ने हुन्छ । त्यसले प्रत्यक्ष हानी नोक्शानी भनेको जनतालाई नै गर्छ । विश्व तापक्रम अत्याधिक बढेको र विश्व तापक्रम बढेको कारणले गर्दा विश्वलाई नै संकटतर्फ धकेलिरहेको छ । जुन जलवायु अनुकुलन खालको वातावरण हुनुपर्ने हो, प्रकृति र मानव जगतको लागि त्यो नभएर अप्रत्याशित ढंगले चिसो हुने र अप्रत्याशित ढंगले गर्मी हुने, अप्रत्याशित पानी पर्ने, त्यो खालको स्थिति छ ।

यस वर्षको अग्रिम जलवायुको सूचना हेर्दा पनि यो हिउँद महिना पनि हाम्रो लागि त्यति सहज छैन भन्ने छ । हामीले हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरु छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनैपनि निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट हामीलाई संकट पनि नआओस्, त्यो निर्माण कार्य सुरक्षित होस् र मानव जीवन भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न हामीले काम गर्नुपर्छ । कहिले पानी बढी पर्दा जनजीवन त्रस्त हुन्छ । पछि त्यही पानीको अभाव यति धेरै हुन्छ की पानी खान पनि पाउँदैनन् ।

यो कुरालाई ध्यानमा राखेर हाम्रो विकासको योजनाहरु बनाउनु पर्छ । दिगो विकासको त अहिले प्रसिद्ध थेगो नै बनेको छ । राज्यको तर्फबाट पनि दिगो विकासका लक्ष्यहरु भनिएको छ । दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छ । सय वर्षअघि कस्तो खालको परिस्थिति थियो, कस्तो भूकम्प आएको थियो, कस्तो बाढी गएको थियो, कस्तो पहिरो गएको थियो, कस्तो महामारी फैलिएको थियो । हामी यो पुस्ताले सय वर्ष पछिसम्म थेग्नेगरी निर्माण कार्य गर्नुपर्छ । तर अहिले तदर्थवादमा नै बढी चलिरहेको छ ।

दिगो विकास गर्ने भइसकेपछि हामीले हरेक कुरालाई वन जंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ । नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ ? यस्तो कुराको पहिला नै हिसावकिताव हुनुपर्छ । त्यो योजना जनतालाई पहिला नै दिनुपर्छ । जनताले त्यो थाहा पाउनुपर्छ । त्यसो भएमात्रै मानव जीवनलाई सुरक्षा प्रदान गर्नसक्छौँ । मानिसको जीवनचक्रमा धेरै कुरा जोडिएर आएको हुन्छ । प्रकृति पनि, संस्कृति पनि, सम्पदा पनि । यो कुरालाई ध्यानमा राखेर नै हामीले विकास कार्यहरु अघि बढाउनु पर्छ । तत्काल कुनै घटना भयो भने उद्धार, राहतको लागितत्काल व्यवस्था गर्ने संयन्त्र बनाउनु पर्छ । दिगो व्यवस्थापनमा जानुपर्ने हुन्छ । खासगरी मानव बस्ती शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्नेकुरामा जनताको पनि र राज्यको पनि ध्यानाकर्षण हुन आवश्यक छ ।’

पूर्वराष्ट्रपति भण्डारीले जलवायु अनुकुलन वातावरण हुनुपर्ने भएपनि अप्रत्याशित रुपमा जलवायुजन्य घटनाहरु बढिरहेको बताउनु भयो । नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट संकट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताउनु भयो । निर्माण कार्य सुरक्षित बनाइ मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको बताउनु भयो ।