५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई ९ अंकको अग्रता



अ+ अ-

काठमाडौं । ड्यानी ओल्मोले गरेको दुई गोल प्ररित खेलमा बार्सिलोनाले सहज जीत हासिल गरेको छ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार घरेलु टोलि बार्सिलोनाले स्पान्योललाई ३–१ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा थप एक गोल राफिन्हाले गरे । ओल्मोले खेलको १२औँ र ३१औँ मिनेटमा गोल गरे भने राफिन्हाले २३औँ मिनेटमा गोल गरेका थिए । यता, स्पान्योलका लागि जाभी पुआडोले ६३औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

जितसँगै १२ खेलबाट ३३ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ९ अंकले अघि छ ।