८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु

चिनियाँ इन्जिनियरको कमाल, ५ तले भवन अर्को ठाउँ सारियो

चिनियाँ इन्जिनियरको कमाल, ५ तले भवन अर्को ठाउँ सारियो
अ+ अ-

तपाइँहरुले कहिल्यै भवन अन्यत्र सारेको देख्नु भएको छ ? चीनका इन्जिनियरहरुले यो काम सम्भव तुल्याएका छन् । चीनको शाङ्घाईमा सन् १९३५ अर्थात् ८५ वर्षअघि बनेको एउटा पाँच तले प्राथमिक विद्यालय भवनलाई अन्यत्र सार्न इन्जिनियरहरु सफल भएका हुन् । यो भवन झण्डै ७,६०० टन वजनको थियो । यसलाई आफ्नो मूल ठाउँबाट केही टाढा पु–याइएको थियो । यसका लागि भवनलाई पहिले ज्याकको सहायताले माथि उठाइएको र रोबोटिक विधिको प्रयोग गरी केही टाढा लगिएको थियो ।

भवन भत्काउन पनि सकिन्थ्यो

यो पुरानो भवनको छेउमा कमर्सियल कम्प्लेक्स र कार्यालय भवनहरु बनाउने योजना चालू थियो । तर निर्माण कार्य अघि बढ्दै जाँदा ठाउँको अभाव भयो । त्यसपछि विद्यालय भवन केही दूर सार्नुपर्ने वा भत्काउनु पर्ने अवस्था सिर्जना भयो । इन्जिनियरहरुले यो भवन भत्काउन पनि सक्थे, तर त्यसको बदलामा भवन नै केही टाढा सार्ने निर्णय गरेका थिए ।

१८ दिनमा यो काम सकियो

निकै ठूलो यस भवनलाई सबैभन्दा पहिले ज्याकको मद्दतले उचालियो । इन्जिनियरले निकै सुझबुझ देखाउँदै भवनलाई अन्यत्र सार्न रोबोटिक विधि अपनाउने निर्णय गरे ।

आखिर १८ दिनको मेहनत पश्चात भवनलाई झण्डै ६२ मिटर टाढा सार्न उनीहरु सफल भए । स्थानीय प्रशासनले यो भवनलाई ऐतिहासिक भवनको रुपमा संरक्षण गर्ने निर्णय गरेको छ ।

पहिलो पटक यो विधिको प्रयोग गरियो

भवनहरु एक ठाउँबाट अन्यत्र सार्ने काम विगतमा केही देशमा पनि हुने गरेको सुनिएको छ, र समाचारहरु आइरहेकै हुन्छन् । तर चीनमा यसपटक चक्का भएका रोबोटिक खुट्टाको प्रयोग गरिएको छ, र रिपोर्ट अनुसार यस्तो कार्य पहिलोपटक गरिएको हो । (स्रोतः सिसिटिभी, चीन)