काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ। नेविसंघ केन्द्रीय समितिले प्रदर्शनी मार्गमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
‘अधिनायकवादको सरदार केपी ओलीको सरकार, जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन भ्रष्ट सरकार चाहिँदैन’ जस्ता प्लेकार्ड बोकेर नेविसंघले प्रदर्शन गरेका हुन्।
आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासिन देखिएको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो।
हेरौ तस्विर :

















