८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु

आइपिएल : पञ्जाबको प्लेअफ खेल्ने सपना चकनाचुर, चेन्नाइसँग ९ विकेटले पराजित

आइपिएल : पञ्जाबको प्लेअफ खेल्ने सपना चकनाचुर, चेन्नाइसँग ९ विकेटले पराजित
अ+ अ-

अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबारको खेलमा चेन्नाई सुपर किंग्सले किंग्स इलेभेन पञ्जाबलाई ९ विकेटले पराजित गरेको छ ।
यो हारसँगै पञ्जाबको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले ६ विकेटको क्षतिमा १५३ रन मात्र बनाएको थियो । पञ्जाबका लागि कप्तान के एल राहुलले २९, मयंक अग्रवालले २६, दीपक हूडाले ६२, मन्दीप सिंहले १४ तथा क्रिस गेलले १२ रनको योगदान दिएका थिए ।

पञ्जाबले प्रस्तुत गरेको १५४ रनको सानो लक्ष्य चेन्नाईले १८.५ ओभरमा १ विकेट गुमाएर प्राप्त गरेको थियो । चेन्नाईका लागि ओपनर रुतुराज गायकवाडले अविजित ६२, अम्बाटी रायडुले ३० तथा फाफ डु प्लेसिसले ४८ रनको योगदान गरेका थिए ।

यो जितसँगै पञ्जाबले १४ खेलबाट १२ अंक बटुलेको छ । चेन्नाईले पनि १४ खेलबाट १२ अंक नै बनाएको छ । रन रेटका आधारमा चेन्नाई सातौं स्थानमा छ ।

आइतबार राति नै राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच दोस्रो खेल जारी छ । राजस्थान रोयल्सले टस जिति पहिले बलिङ गर्ने निर्णय गरेको यस खेलमा कोलकाताले २० ओभरको खेलमा ७ विकेट गुमाएर १९१ रन बनाएको छ ।

अंक तालिका