८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार

होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना

होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना
अ+ अ-

पाँचथर । पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् । सदरमुकाम फिदिममा २० शय्याको आइसोलेसन रहे पनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको छ । सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने र यस्तो बेला आइसोलेसन शय्याको अभाव हुने तथा लक्षण नदेखिएका सङ्क्रमितलाई होम आइसोलेसनमै राखिए पनि फरक नपर्ने अन्य जिल्लाको उदाहरणलाई यहाँ पनि प्रयोग गरिएको छ तर सक्रिय सङ्क्रमित रहेका होम आइसोलेसनमा चिकित्सकीय सुझावअनुसारका संरचना छैनन् । होम आइसोलेसनका लागि आवश्यक पर्ने न्यूनतम संरचनाको अभावले सङ्क्रमण फैलन खतरा बढ्दै गएको छ । कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहँदा खाने, बस्ने, सरसफाइ गर्नेसहित दैनिक क्रियाकलाप एक्लै भएमात्रै सङ्क्रमण अन्य व्यक्तिमा सर्ने सम्भावना कम रहने चिकित्सकको सुझाव छ तर यहाँका अधिकांश घर परम्परागत तथा कच्ची छन् । पक्की घरमा समेत एक तलामा एक वा दुईदेखि तीन तलामा एक शौचालय तथा स्नानघर छन् । यस्ता घरमा सङ्क्रमितसहित अन्य व्यक्तिसमेत रहनुपर्ने बाध्यताका कारण सङ्क्रमण व्यापक हुनसक्ने आशङ्का स्थानीयवासीको छ । शहरको रूपमा विकास हुँदै गरेको फिदिमसहित जिल्लाका अन्य बजार शौचालय तथा स्नानघर घर बाहिरसमेत छन् । यस्ता स्थानमा बाध्यतावश सङ्क्रमितको अन्य व्यक्तिसँग सम्पर्क हुने सम्भावना रहने स्थानीयवासीको भनाइ छ । सङ्क्रमित तथा कन्ट्याक्ट टे«सिङमा परेकाबाट पर्याप्त सतर्कता अपनाउने गरेको पाइन्न । 

स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी होम आइसोलेसनका लागि उपयुक्त संरचना नभए पनि समुदाय स्वयं सचेत हुनसके सङ्क्रमणको व्यापक फैलावट रोक्न सकिने बताउछन्। “छुट्टै संरचना नभए सङ्क्रमितले प्रयोग गरेका सामग्री र स्थानलाई सेनिटाइज गरेर अरुले प्रयोग गर्न सकिन्छ”, सुवेदीले भने, “यसका लागि सधैँ सजगता, सतर्कता र तत्परता आवश्यक छ ।” समुदायलाई सचेत तुल्याउने कुरा कुनै एक निकायको जिम्मेवारी मात्रै नरहेको सुवेदीले टिप्पणी छ । “पर्याप्त सचेतना र सजगताका लागि समुदायबाटै ठोस पहल र पालना हुनु आवश्यक छ”, सुवेदीले भने ।

समुदायमा सङ्क्रमण देखिए पनि सतर्कता र सजगता कमजोर रहेको स्वास्थ्य कार्यालयको ठम्याइ छ । “दैनिक भीड हुने सदरमुकामसहितका बजारमा मास्क र सेनिटाइजरको प्रयोगको अवस्था नै कमजोर छ”, स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीको प्रश्न छ, “मास्क नलगाउने मानिसलाई होम आइसोलेसनको मापदण्ड पालना गर्ने प्रयत्न गर्नुस् भनेर कसरी सम्झाउने ?” यहाँका सङ्क्रमितलाई सघन उपचार कक्ष वा भेन्टिलेटर राख्नुपर्ने अवस्था आएमा ज्यानै जानसक्ने खतरा रहेकाले स्थानीय तहहरू तथा सरोकारवाला निकायले उच्च सतर्कता अपनाउन अपिल गर्दै आएका हुन् तर सरकारी निकायको तत्परतालाई समुदायस्तरबाट सहयोग हुन नसक्दा सङ्क्रमण फैलन मद्दत पुगिरहेको छ । 

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल उपयुक्त संरचनाविहीन होम आइसोलेसनमा सङ्क्रमित बस्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । स्थानीय तहद्वारा स्थापित आइसोलेसन तथा अस्पतालको सेवाबाट समेत आम मानिस असन्तुष्ट रहेको नेपालको ठम्याइ छ । “कोभिड अस्पतालमा शय्या पाउन भनसुन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष नेपालले भने, “गैरसरकारी क्षेत्रले आवाज उठाउनेभन्दा यो परिस्थितिमा अन्य काम गर्नसक्ने अवस्था छैन ।” कोभिड–१९ लाई समुदायस्तरमा समेत नजरअन्दाज र बेवास्ता गर्न नहुने भन्दै नेपालले सबैलाई जिम्मेवार बन्न आग्रह गरे।