८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु

अमेरिकी राष्ट्रपतिको निर्वाचन, के छन् एजेण्डा ?

अमेरिकी राष्ट्रपतिको निर्वाचन, के छन् एजेण्डा ?
अ+ अ-

 मधुकर अधिकारी 
विश्वकै शक्तिशाली मानिएको अमेरिकी राष्ट्रपति चयन गर्नका लागि भोलि मंगलबार मतदान हुदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्याधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण भएको विश्लेषकहरुको भनाई छ । आगामी चार वर्षको लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन ।  

सन् १९१८ मा देखा परेको स्पेनिस फ्लु पश्चात एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।  विगतका चुनावहरुमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्रयाट पार्टीबीच आप्रवासन, वन्दूक नियन्त्रण, वेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दाहरुमा पेचिलो बहस हुने गरेको थियो भने यस पटकको चुनावमा कोरोना भाइरस नै केन्द्रविन्दूमा रह्यो । हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको वीचमा २ लाख ३० हजार अमेरिकीले कोरोना भाइरसको कारणले जीवन गुमाएका छन् भने ९० लाख लाई यो सङ्क्रमणले गाँजेको छ । त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान वनाउँदै आएकोमा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ । त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डाहरुमध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पारेको प्रभाव नै केन्द्रबिन्दूमा छ ।    

आलोचकहरुले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर वचाउ गर्दै आएको छ । कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ । अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ ।  हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ्ग) मार्फत करिव ९ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यस पटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो । 
मङ्गलवार हुने निर्वाचनमा रिपव्लिकन र डेमोक्रयाट पार्टीको क्रम ः वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ । एक सय सिटको सिनेटमा अहिले रिपव्लिकनको ५३ सिट र डेमोक्रयाटको ४७ सिट रहेको छ । उता तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्रयाटको २३२ सिट सहित वर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ । सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ । 

विगत वर्षहरुमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भएता पनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ । तर पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चारमाध्यमहरुले पनि जो वाईडनको अग्रतालाई प्रचार गरिरहेका छन तर यस पटक हरेक विषयमा भौतिक रुपमा भन्दा प्राविधिक रुपमा मतदाता र उमेदवारहरुबीच अन्तक्र्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरु पनि छन् । अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यो पटकको निर्वाचनले प्रभावित पारेको छ । सङ्ख्यात्मक हिसावले नेपली भाषीहरुको निर्वाचनको समयमा ठोस प्रभाव पार्न नसक्ने भएता पनि नेपाली मूलकाहरुको जनघनत्व वढी भएको स्थानमा भने कोही रिपव्लिकन त कोही डेमोक्रयाट पार्टीका उमेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा समेत होमिएको वताउँदै आएका छन् । 

डेमोक्रयाट पार्टीको तर्फवाट मेरिल्याण्ड जनरल एसेम्वलीमा डेलिगेटमा विजयी भएका पहिलो नेपाली अमेरिकन हयारी भण्डारीले आफनो अगुवाईमा ‘नेप्लिज फर वाईडेन’ अभियान सञ्चालन गर्नुभएको छ । यसै सिलसिलामा भण्डारीले अमेरिकी सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनसँग नेपाली समुदायका अगुवाहरुलाई चुनावी रणनीतिका वारेमा भर्चुअल अन्तक्र्रिया र र्याली पनि उहाँले गराउनुभएको थियो । भण्डारीले भन्नुभयो– “हामीले राजनीतिक रुपमा अमेरिकाको मूलधार र यहाँको प्रजातन्त्रको अभ्यासमा भावी पिँढीलाई कसरी समाहित गराउने भनेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ । व्यक्तिगत रुपमा म र हाम्रो समूहले पूर्व राष्ट्रपति वाराक ओवामाको पालादेखि नै नेप्लिज अमेरिकनलाई मूलधारको राजनीतिमा समावेश गराउने पहल गरिएको थियो ।” 

आफूलाई डेमोक्रयाट पार्टीले वोक्ने प्रगतिशील एजेण्डा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हरेक मुद्दाहरुमा राख्ने स्पष्ट दृष्टिकोणले प्रभावित पारेको उहाँको भनाई छ । 
भण्डारी अमेरिकाको राजनीति र माईनोरिटी सम्बन्धमा युनिभर्सिटी अफ मेरिल्याण्डवाट विद्यावारिधीका लागि शोध गरिरहनुभएको छ । उहाँले अध्ययनको क्रममा अमेरिकाको राजनीतिमा एशियन अमेरिकनहरुको सहभागिता आगामी दशकमा अझ बढ्ने अनुसन्धानले पुष्टि गरेको र यसमा आफू विश्वस्त रहेको वताउनुहुन्छ । एशियन अमेरिकनसँगै नेपाली अमेरिकनहरुको पनि राजनीतिक पहुँचको वृद्धि हुनेमा पूर्ण विश्वास रहेको भण्डारीको भनाई छ । 

डेमोक्रयाट पार्टीको एशियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स् मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य तथा नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका केन्द्रीय उपाध्यक्ष अर्जुन हमालले भन्नुभयो– “हामी नेप्लीज अमेरिकनको चुनावी प्रक्रियामा सामेल भएको धेरै भएको छैन तर यो प्रक्रियामा सामेल भएर आफनो अधिकार उपयोग गर्नु सबैको कर्तव्य हो ।”  हमालले आगामी नोभेम्वर ३ तारिखमा हुने मतदानमा भाग लिएर नेप्लीज अमेरिकनले आफनो अधिकार उपयोग गर्न अनुरोध गरेको पनि बताउनुभयो । उता रिपव्लिकन पार्टीको वर्चस्व रहेको टेक्सासमा वस्दै आउनुभएका ‘एनआरएन आइसिसिका अमेरिकाज क्षेत्रका डिआरसी’ रामसी पोख्रेल आफू ‘रजिष्टर्ड रिपव्लिकन’ भएको बताउनुहुन्छ । पोख्रेलले भन्नुभयो– “हामीले स्थानीय, राज्य र सङ्घीय सरकारमा हामी र हाम्रो एजेण्डा वुझाउन, अल्पसङ्ख्यकहरुको अधिकार सुनिश्चित गर्न राजनीतिमा सामेल हुनुपर्छ ।” 

टेक्सासमा रहेका नेप्लीज अमेरिकनहरुले साउथ एशियन रिपव्लिकन क्लव स्थापना गरेर आफनो विचारसँग नजिक रहेका रिपव्लिकन पार्टीका उमेदवारहरुलाई समेत सहयोग गर्दै आएका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर मात्र पुग्दैन् । यहाँको संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ । कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् । कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्याधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण रहेका छन् । 

सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कूल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ । त्यसमध्ये सबैभन्दा वढी इलोक्ट्रोल भोट ५५ जना भएको राज्य क्यालिफोर्निया हो भने सातवटा राज्यवाट ३÷३ भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसङ्ख्या, सिनेटरहरुको सङ्ख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतको आधारमा चयन गरिन्छ । यस पटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ । यी राज्यहरुमा जुन उमेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जीत निश्चित हुनेछ ।