८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार

आइपिएल : दिल्लीद्वारा बैंगलोर ६ विकेटले पराजित, दुबै टिम प्लेअफमा

आइपिएल : दिल्लीद्वारा बैंगलोर ६ विकेटले पराजित, दुबै टिम प्लेअफमा
अ+ अ-

अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबारको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई छ विकेटले पराजित गरेको छ ।

शिखर धवन र अजिन्क्य रहाणेको प्रभावशाली खेलका कारण दिल्लीले बैंगलोरलाई सहजै ६ विकेटले पराजित गरेको हो । तर यो जितसँगै दिल्ली क्यापिटल्स प्लेअफका लागि छनौट भयो । खूद रन रेटका कारण बैंगलोर पनि प्लेअफका लागि छनौट भएको छ ।

बैंगलोरको १४ अंक छ र यो तेस्रो स्थानमा छ । दिल्ली भने १६ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पाडिकलले ५० रनको योगदान दिएका थिए । अन्य खेलाडीमा कप्तान विराट कोहलीले २९, एबी डि भिलियर्सले ३५, शिभम दुबेले १७ रन बनाएका थिए ।

जवाफमा १५३ रनको लक्ष पछ्याएको दिल्ली क्यापिटल्सले शुरुमै पृथ्वी श लाई गुमाए पनि शिखर धवनले ५४ र अजिन्क्य रहाणेले ६० रन बनाएर टिमलाई जितको संघारमा पु–याएका थिए । दिल्लीले १९औं ओभरमा लक्ष्य पूरा गरेको थियो ।

आजको खेल पहिलो स्थानको मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच हुनेछ । आजको खेलमा सनराइजर्स विजयी भएमा चौथो स्थानमा उक्लने र प्लेअफका लागि छनौट हुनेछ ।

आइपिएलमा लिगका चार शीर्ष टिम प्लेअफका लागि छनौट हुने व्यवस्था छ ।