८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार

अस्ट्रियाको भियनामा आतंकवादी हमला, कम्तीमा सातको मृत्यु

अस्ट्रियाको भियनामा आतंकवादी हमला, कम्तीमा सातको मृत्यु
अ+ अ-

भियनाः युरोपेली मुलुक अस्ट्रियाको भियनास्थित एक यहुदी प्रार्थना गृह (सिनागग)का नजिक आतंकवादी हमला भएको छ । यी आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै कैयौं व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

कोरोनाभाइरसका कारण लकडाउन लागू हुनुअघि अघिल्लो साँझ (सोमबार साँझ) रेष्टुराँ, क्याफेमा खचाखच मानिस रहेकै अवस्थामा हमला भएको थियो ।

समाचार संस्था एपीका अनुसार हमलाकारीले शहरका विभिन्न स्थानमा बन्दुक प्रहार गरेका थिए । प्रहरी कारबाहीमा एक आतंककारी मारिएका छन् । तर सोमबार अबेर रातिसम्म प्रहरीले स्थानीयबासीलाई सचेत गराएर घरभित्र बस्न अनुरोध गरेको थियो ।

आक्रमणमा कैयौं व्यक्ति घाइते भएको अनुमान गरिएको छ । यहूदी प्रार्थनागृहको वरपर ५० भन्दा बढी पटक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति एमानुएल म्याँक्राे, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे समेतका विश्वका कतिपय नेताले उक्त हमलाकाे निन्दा एवं भर्त्सना गर्दै अस्ट्रियालाइ सहयाेग गर्ने बताएका छन् ।