८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघिय सांसद सूर्यबहादुर केसीको निधन

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघिय सांसद सूर्यबहादुर केसीको निधन
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघिय सांसद सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ । सोमबार राती करिव ११ बजेतिर उनको निधन भएको हो । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । बिरामी परेपछि घर नजिकको एक अस्पतालमा उपचारार्थ लगिएको भएपनि उपचार शुरु गर्दा गर्दै उनी बेहोस भएको र त्यसपछि डाक्टरकै निगरानीमा घरमा लगिएको भएपनि उनको होस आउन सकेन ।

त्यसपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारका सदस्यको अनुमान छ । ३ बर्षअघि संघिय संसदको चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । केसीले त्यसअगाडी राष्ट्रिय प्रजातन्त्र पार्टिमा लामो समय राजनीति गरेका थिए । त्यस समयमा उनि राप्रपाको केन्द्रीय कोषाध्यक्ष र संविधान सभामा सदस्य पनि बनेका थिए । 

युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंच समेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर , बैंकिंग, चाउचाउ एवं फुड्स , र मिडिया लगायतका क्षेत्रमा छ ।