१ पुष २०८२, मंगलवार
,
Latest
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडो क्लबलाई पन्ध्र लाखको सहयोग



अ+ अ-

काठमाडौं । सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ । सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन् । खुम्जुङमा ३ हजार ८ सय मिटर उचाईमा तालिम केन्द्र स्थापना गर्न लागिएको महासचिव श्रेष्ठले जानकारी गराए । सोलुखुम्बुको स्थानिय सरकारसंगको समन्वयमा स्थापना गरिने तालिम केन्द्र विश्वकै उच्च स्थानको हुने दाबी गरिएको छ ।
एनपीओ जुडोस, तोकाइ युनिभर्सिटी, जापानको सहयोगमा सामाग्री प्राप्त भएको हो ।

त्यसका लागि अस्ट्रियाकी ओलम्पियन (जुडो खेलाडी) सब्रिना फिल्जोमोरको मध्यस्थतामा नेपाल जुडो संघ, महासचिव श्रेष्ठ र क्लबका अध्यक्ष काजी शेर्पाले पहल गरेका थिए ।
कोरोना भाइरस ९कोभिड– १९० को असर कम भएपछि तालिम केन्द्रको उद्घाटन गरिने बताइएको छ । साथै खेलाडीलाई प्रशिक्षण दिन जापान र जर्मनीबाट १ वर्षका लागि प्रशिक्षक भिकाउने तयारी पनि भइरहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

उक्त सामाग्री काठमाडौंदेखि फाप्लुसम्म ट्रकमा र त्यहाँबाट खुम्जुङसम्म हेलिकप्टरमा पु¥याइएको थियो । करिब ४ वर्षअघि क्लबले सोलुखुम्बुको मन्जुमा पनि तालिम केन्द्र स्थापना गरिसकेको छ ।