२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक



nor
अ+ अ-

काठमाडौँ : वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको वैदिक साहित्यमा आधारित उपन्यास ‘युगसन्धि’ सार्वजनिक भएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा नेपालमै वेदमा पहिलो विद्यावारिधि गर्नुहुने प्रा डा ऋषिराम पोखरेललगायत साहित्यकार र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले पुस्तक सार्वजनिक गर्नुभएको हो । परिचय पब्लिकेशन प्रालिले प्रकाशन गरेको पुस्तक ३८ सर्ग र २४८ पृष्ठ छ । पुस्तकको मूल्य रु पाँच सय ५० तोकिएको छ ।

पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै पोखरेलले वेद कसैले लेखेको नभई ऋषिमुनिले ध्यानरत अवस्थामा देखेकाले नै यसको लेखक नभएको बताउनुभयो । ऋषिमुनिले ध्यान दृष्टिले देखेको वेदिक साहित्यका विषयमा सृजनशीलता थपेर लेखकले वैदिक दर्शनप्रति पाठकलाई रुचि जगाउने विश्वास व्यक्त गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख रिसालले नगरपालिकामा पहिलेदेखि नै साहित्यसेवी भएको उल्लेख गर्दै विजय चालिसेका कृतिले पनि नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । नगरपालिकाले साहित्य सम्मेलनलगायत गतिविधिले साहित्यकारलाई प्रोत्साहन गरिरहेको उहाँको भनाइ थियो ।

पुस्तकमाथि समीक्षा गर्नुहुँदै प्रा डा ज्ञान पाण्डे र गोपीनाथ मैनालीले वैदिक साहित्यको सूक्ष्म विश्लेषणसहित लेखिएको उपन्यासले पाठकलाई नयाँ स्वाद दिने, वैदिक विषयलाई सरल रूपमा बुझाउन सहयोग गर्ने बताउनुभएको थियो । समीक्षक युवराज मैनालीले पुस्तकमा वैदिक युगको अवस्थाको विश्लेषण रहेको सुनाउनुभयो ।

लेखक चालिसेले वशिष्ठ ऋषिको वंशज भएकाले खोजी गर्दैै वैदिक साहित्यमा आधारित उपन्यासको जन्म भएको बताउनुभयो । उपन्यास लेख्न आफूले वैदिक साहित्यको सुक्ष्म रुपमा अध्ययन गरेको जानकारी गराउनुभयो ।

प्रकाशक संस्था परिचय पब्लिकेशन प्रालिका प्रमुख कार्यकारी अधिकृत भाष्कर ज्ञवालीले बाल साहित्यका १६० पुस्तक प्रकाशन गरेपछि कथा, उपन्यासलगायत पुस्तक प्रकाशन सुरु गरेको जानकारी दिनुभयो ।रासस