२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने



सन्दीप लामिछाने
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनुभएको छ । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सम्झौता रकम भने उसले खुलाएको छैन ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लाग्नुभएको हो । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेल्नुभएको थियो । उहाँले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभएको छ । अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उहाँको भनाइ छ । इन्डियन प्रिमियर लिग ९आइपीएल० बाट फर्किनुभएका उहाँ हाल चितवनस्थित घरमा रहनुभएको छ । यस पटकको आइपीएलमा उहाँले कुनै पनि खेल खेल्न पाउनुभएन । 

यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताउनुभएको छ । सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उहाँको भनाइ छ । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गर्नुभयो ।  

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।